• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ १, आईतबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

हावाहुरीले ढलेको रूखले च्यापिएर पूर्वक्याम्पस प्रमुखको मृत्यु

२०८२ जेष्ठ २, शुक्रबार
२

नवलपुरमा रड प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार
३

गैँडाकोटमा रेबिजका कारण एक पुरुषको मृत्यु

२०८२ जेष्ठ १४, बुधबार
४

चितवनमा खुर्पा प्रहार गरी छोरी र भतिजको हत्या

२०८२ जेष्ठ २, शुक्रबार
५

दोहोरो पैसा लिएको पुष्टि भएपछि चितवनको मनकामना अस्पतालमा बीमा कार्यक्रम रोकियो

२०८२ जेष्ठ ५, सोमबार
६

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
७

नवलपुरको गैंडाकोटमा बस र माइक्रो ठक्करखाँदा ९ जना घाइते

२०८२ जेष्ठ ६, मंगलबार
८

पतन्जलीले रोक्यो नवलपुरको २७ बिघामा बन्दै गरेको संरचना निर्माणको काम

२०८२ जेष्ठ ३१, शनिबार
९

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार
१०

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्य, पाँच घाइते

२०८२ जेष्ठ १९, सोमबार
११

कावासोती नगरपालिकाले वितरण गरेको अनुदानको धानको बिउ उम्रिएन  

२०८२ जेष्ठ २८, बुधबार
१२

दुई साँढे बीचको जुधाइमा परेर स्कुटर चालकको मृत्यु

२०८२ जेष्ठ १२, सोमबार

मिठो निद्राका लागि अपनाउनुहोस् यी २० उपायहरू

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ माघ ७, शनिबार (२ साल अघि)

  • ६५१ पटक पढिएको
  • राती सुत्दा निद्रा नपरेर धेरैलाई हैरानी भएको हुन सक्छ। निद्रा लगाउन र मस्त निदाउनका लागि यी २० उपायलाई ध्यान दिनु होला।

    १. स्विच अफ गर्नेः तपाईं सुत्ने ओछ्यानमा वा छेउमा मोबाइल, ट्याबलेट, डिजिटल घडी, रेडियो, टेलिभिजन छन् भने तिनले तपाईंको निद्रामा बाधा पुर्‍याउँछन्। त्यसैले सुत्नअघि ती सबैको स्विच अफ गर्नुहोस् र मस्तसँग निदाउनुहोस्। बन्द नहुने सामानलाई कपडाले छोप्नुहोस्।

    २. दिउँसो नसुत्नेः राति सुत्नाले शरीरले आवश्यक आराम पाउँछ र उठेपछि स्वस्थ र फुर्तिलो महसुस हुन्छ। दिउँसो सुत्नै परे भरसक बिहानीपख वा मध्यान्हअघि सुत्ने र २० मिनेटभन्दा बढी नसुत्ने। दिउँसो निद्रा लागे केहीबेर हिँड्ने, एक गिलास चिसो पानी पिउने वा कुनै साथीसँग एकछिन फोनमा कुरा गर्ने।

    ३. घडी बन्द गरेर सुत्नेः के तपाईं राति छिनछिनमा घडी हेरिरहनु हुन्छ? यसो गर्दा हाम्रो मनमा नानाथरि कुरा खेल्ने र विचार नरोकिने भएकाले निद्रा नपर्न सक्छ। त्यसैले नाडीघडी वा अलार्म बज्ने घडी आफूले नदेख्ने ठाउँमा राख्ने। घडीको टिकटिकले पनि निद्रामा बाधा पार्न सक्छ, त्यसैले घडीको आवाज नसुनिने ठाउँमा राख्ने।

    ४. ढाड दुख्छ भने सुत्दा तकिया च्याप्नेः तपाईंको ढाड दुख्ने समस्या छ भने खुट्टाको बीचमा तकिया च्यापेर सुत्नुहोस्। हिप सिधा राख्न र सुतेका बेला कम्मरमा पर्ने दबाब घटाउन खुट्टामा तकिया च्याप्नुपर्छ। तपाईं उत्तानो परेर सुत्नु हुन्छ भने दुखाइ कम गर्न घुँडामुनि तकिया राख्नुहोस्।

    ५. उपयुक्त सिरानी प्रयोग गर्नुहोस्ः तपाईं सुतेर बिहान उठ्दा गर्धन दुख्यो भने बुझ्नुहोस् तपाईंले लगाइरहेको सिरानी ठीक छैन। सिरानीको आकार धेरै ठूलो वा धेरै सानो हुनु हुँदैन। सिरानी नरम हुनुपर्छ र तपाईं उत्तानो सुत्दा गर्धनलाई प्राकृतिक स्थितिमा राख्न सजिलो खालको हुनुपर्छ। तपाईं कोल्टे सुत्नु हुन्छ भने पनि तपाईंको टाउको पूरै दायाँ वा बायाँतिर ढल्काउनु हुँदैन। घोप्टो परेर सुत्नाले गर्धन बांगो हुन सक्छ। त्यस्तै सुत्नुअघि घरमा वा काम गर्दा कार्यालयमा बस्दा पनि सिधा बस्नुपर्छ। जस्तो टेलिभिजन हेर्दा पनि बकुल्लाले घाँटी तन्काएजस्तो वा निहुरेर हेर्नु हुँदैन।

    ६. म्याट्रेस/डसनामा किरा पस्न नसक्ने खोल हाल्नुहोस्ः सुतेका बेला एलर्जीका कारण हाच्छ्युँ आए, शरीर चिलाए वा सास फेर्न अप्ठ्यारो भए गहिरो निद्रा पर्दैन र शरीरमा आलस्य आउँछ। यसको कारण तपाईंको म्याट्रेस/डस्ना हुन सक्छ। अझ केहीपछि म्याट्रेस/डस्नामा बढ्ने साङ्ला, किरा, मुसाको विष्टा लगायत फोहरले अनेकौँ एलर्जी हुन सक्छ र निद्रा खलबलिन्छ। त्यसैले यो स्थितिबाट जोगिन म्याट्रेस/डस्ना, सिरानी, सिरकमा किरा पस्न नसक्ने खोल हाल्नुहोस्। हावा नपस्ने, प्लास्टिकका र डस्टप्रुफ म्याट्रेस/डस्नाका खोल उपयोगी हुन सक्छन्।

    ७. बिछ्यौना सुत्नका लागि मात्र प्रयोग गर्नुहोस्ः सुत्ने कोठा (बेडरुम) आरामदायी हुनुपर्छ। सुत्ने ठाउँमा बसेर पढ्ने, काम गर्ने, नेट चलाउने वा टेलिभिजन हेर्ने गर्नु हुँदैन। बेडरुमको तापक्रम ६८–७२ डिग्री फरेनहाइट हुँदा अधिकांश व्यक्ति गहिरो निद्रामा सुत्ने गर्छन्।

    ८. निश्चित समयमा सुत्ने र उठ्नेः सधैँ निश्चित समयमा सुत्ने र उठ्ने गर्नुहोस् (सप्ताहान्तमा समेत)। यसरी सुत्ने र उठ्ने समय नियमित हुँदा हाम्रो शरीरको जैविक घडी नियमित हुन्छ र त्यसैअनुसार सुत्ने/उठ्ने बानी बस्छ। पछिपछि तपाईं बिछ्यौनामा ढल्कनासाथ गहिरो निद्रा पर्न थाल्छ। बिहान उठ्नासाथ उज्यालो ठाउँमा ५ देखि ३० मिनेट जानुहोस्, उज्यालोले तपाईंको शरीरलाईसक्रिय हुने बेला भएको महसुस गराउँछ र अल्छीपना हराउँछ।

    ९. क्याफिनको मात्राप्रति सावधान हुनुहोस्ः सामान्यतया अधिकांश व्यक्तिका लागि बिहानको कफी उपयुक्त हुन्छ। तर, दिउँसो १२ बजेपछि भने क्याफिनयुक्त खानेकुरा र पेयपदार्थ सकेसम्म नखाएकै बेस। चकलेटमा हुने क्याफिनको थोरै मात्राले पनि राति तपाईंलाई निद्रा नलाग्न सक्छ। दुखाइ कम गर्ने केही औषधि र वजन घटाउने पिल्समा पनि क्याफिन हुने भएकाले औषधिका लेबल हेर्ने गर्नुहोस्।

    १०. नियमित व्यायाम गर्नुहोस्ः नियमित व्यायाम गर्नाले गहिरो निद्रा लाग्छ। तर सुत्ने बेलामा व्यायाम गर्नाले भने निद्रामा बाधा पुर्‍याउन सक्छ। कडा व्यायाम गर्नु हुन्छ भने सुत्नुभन्दा कम्तीमा पनि ३–४ घन्टाअघि नै गर्नुहोस्। सुत्नुअघि योग वा ताईची जस्ता हलुका ‘माइन्ड–बडी’ व्यायाम गर्नाले गहिरो निद्रा लाग्छ।

    ११. हलुका डिनर गर्नुहोस्ः राति हलुका भोजन गर्नुहोस्। साँझमा दूधसँग हलुका स्न्याक्स, क्र्याकर र चिज खानुहोस्। भोजन गर्नासाथ नसुत्नुहोस्। सुत्नुभन्दा कम्तीमा एक घन्टाअघि खानुहोस्।

    १२. मदिरा पिउने/नपिउने पुनर्विचार गर्नुहोस्ः मदिरालगायत अल्कोहलयुक्त पेयले तपाईंलाई सुस्त बनाए पनि असर सकिएर राति ब्युँझिएपछि भने निद्रा लाग्न कठिन बनाउँछ। साँझ वा राति मदिराजन्य पेयभन्दा तातो दूध र क्यामोमाइल चिया पिउनु स्वास्थ्य र निद्रा दुवैका लागि श्रेयस्कर हुन्छ।

    १३. राति पानी पिउँदा ध्यान दिनुहोस्ः राति बारम्बार पिसाब फेर्न उठिरहनु हुन्छ भने यसले तपाईंको निद्रामा खलल पुर्‍याउँछ। सुत्नुअघि पानी वा पेयपदार्थ नपिउनुहोस्। पानी खानु वा कुनै तरल पेय पिउनु छ भने सुत्नुभन्दा कम्तीमा दुई घन्टाअघि पिउनुहोस्।

    १४. बत्ती मधुरो पार्नुहोस्ः सुत्नुभन्दा केही बेरअघि बेडरुमको बत्ती मधुरो पार्नुहोस्। मधुरो बत्तीले हाम्रो मस्तिष्कलाई निद्रा लगाउने हर्मोन मेलाटोनिन निस्कासन गर्न संकेत दिन्छ। साथै बाथरुममा धेरै उज्यालो बत्ती प्रयोग नगर्नुहोस्।

    १५. शान्त वातावरणमा सुत्नेः कुकुरको भुकाइ, सवारीसाधनको घार्रघुर्र, मेसिन चलेको आवाजजस्ता होहल्लाले तपाईंको निद्रामा बाधा पुर्याकउँछन्। त्यसैले शान्त वातावरणमा सुत्नुहोस्।

    १६. सुर्तीजन्य पदार्थ नखानुहोस्ः क्याफिनजस्तै निकोटिनले पनि तपाईंलाई सजिलै निदाउन दिँदैन। त्यसैले राति सुर्तीजन्य पदार्थको उपभोग नगर्नु बेस हुन्छ।

    १७. बेड आफ्नो लागि होः घरपालुवा जनावरलाई आफ्नो बेडमा सँगै नसुताउनुहोस्। किनभने तिनको गतिविधिले तपाईंको निद्रा बिथोलिन सक्छ। ती जनावरबाट एलर्जी हुनसक्छ भने जुम्रा, उपियाँ जस्ता परजीवी सर्नुका साथै लुतोजस्ता विभिन्न किसिमका सरुवा रोग र चाया सर्ने सम्भावना हुन्छ। घरपालुवा जनावरलाई उसकै बेडमा आरामले सुत्न सिकाउहोस्।

    १८. मनलाई शान्त पार्नुहोस्ः छलफल, काम, जटिल विषयमा बहस वा निर्णय लिने कुरा सुत्नुभन्दा एक–दुई घन्टाअघि नै बन्द गर्नुहोस्। दिनभरको काम, होहल्ला सबै हटेर मन/मस्तिष्क शान्त हुन केही समय लाग्छ। मन शान्त पारेर सुत्नुहोस्। बरु बेडमा पल्टनुअघि केहीबेर आनन्ददायक संगीत सुन्नुहोस्, तातो पानीले नुहाउनुहोस् वा ध्यान गर्नुहोस्।

    १९. निद्रा लगाउने औषधि खाँदा विचार पुर्यानउनुहोस्: निद्रा लगाउने कतिपय औषधिले बानी लगाउँछन् भने तिनको साइडइफेक्ट पनि हुनसक्छ। गहिरो निद्राका लागि यस्ता औषधि कहिलेकाहीँ मात्र उपयोगी हुन सक्छन्। त्यसैले प्रयोग गर्नै परे चिकित्सकको परामर्शमा मात्र यस्ता औषधि प्रयोग गर्नु उचित हुन्छ।

    २०. चिकित्सकसँग परामर्शः अनिद्रा छ भने चिकित्सकसँग सम्पर्क गर्नुहोस्। कहिलेकाहीँ हामीले थाहा नपाई कुनै रोग सुरु भएको वा सुरु हुन लागेको हुन सक्छ। डिप्रेसन, आर्थराइटिस, दम आदि रोगको उपचारका लागि खाइरहेको औषधि पनि अनिद्राको कारण हुनसक्छ। चिकित्सकले तपाईंको शारीरिक स्वास्थ्य परीक्षण गरी उचित सुझाव दिनेछन्। स्वास्थ्यखबरबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • संघीय निजामती सेवा सम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

  • केदारनाथ हेलिकप्टर दुर्घटनामा चालकसहित ७ यात्रुको मृत्यु

  • बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु

  • पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते

  • समाचार
  • १

    संघीय निजामती सेवा सम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस
    २०८२ अषाढ १, आईतबार

  • २

    केदारनाथ हेलिकप्टर दुर्घटनामा चालकसहित ७ यात्रुको मृत्यु
    २०८२ अषाढ १, आईतबार

  • ३

    बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु
    २०८२ अषाढ १, आईतबार

  • ४

    पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते
    २०८२ अषाढ १, आईतबार

  • ५

    गण्डकी लगायतका पाँच प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षा
    २०८२ अषाढ १, आईतबार

  • ६

    नेपालबाट आजदेखि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात सुरु
    २०८२ अषाढ १, आईतबार

  • ७

    निर्माणाधीन बेलिब्रिज भाँचिदा ६ कामदार घाइते, चारको अवस्था गम्भीर
    २०८२ अषाढ १, आईतबार

  • ८

    कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी
    २०८२ जेष्ठ ३१, शनिबार

  • ९

    त्रिविका आंशिक प्राध्यापकले उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा लगाए ताला
    २०८२ जेष्ठ ३१, शनिबार

  • १०

    चितवनमा पहिलोपटक टेडएक्स इभेन्ट : सात जना वक्तासहित एक सय जनाको सहभागिता
    २०८२ जेष्ठ ३१, शनिबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution