• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ ३०, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नारायणगढमा पसलबाट कपडा चोरी गर्ने दुईजना महिला पक्राउ

२०८२ अषाढ २२, आईतबार
२

गैंडाकोटको कृष्ण गण्डकी माविबाट एसइई दिएका २८ विद्यार्थीमा २७ फेल

२०८२ अषाढ १४, शनिबार
३

चितवनको रिजाल फुड्सद्धारा उत्पादित “रङ्गिला” दालमोठ गुणस्तरहीन, बिक्री बितरणमा रोक

२०८२ अषाढ २१, शनिबार
४

संस्थागत विद्यालयतर्फ गैंडाकोट नमुना माविबाट एसइई दिएका विद्यार्थी सबैभन्दा धेरै फेल

२०८२ अषाढ १५, आईतबार
५

एक्सपर्ट एजुकेसन चितवनको शङ्कास्पद धन्दा, नक्कली कागजातमै विद्यार्थी अष्ट्रेलिया

२०८२ अषाढ २३, सोमबार
६

नवलपरासीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८२ अषाढ २१, शनिबार
७

घरायसी झगडापछि चितवनमा श्रीमान श्रीमतीले भिरबाट हामफाले, श्रीमतीको मृत्यु

२०८२ अषाढ ११, बुधबार
८

विजय सामुदायिक शिक्षा सदनका सफल चापागाईँले ल्याए ३.९५ जीपिए

२०८२ अषाढ १४, शनिबार
९

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
१०

असार १५ गते सार्वजनिक बिदा

२०८२ अषाढ १२, बिहिबार
११

भरतपुरमा रात्रिकालीन बजार सुरुः उपभोक्ताको उल्लेख्य सहभागिता

२०८२ अषाढ २८, शनिबार
१२

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार

अर्थमन्त्रीमा डा. प्रकाशशरण महत पक्का, कांग्रेसबाट को–को बन्दैछन् मन्त्री ?

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ चैत्र १४, मंगलबार

  • ५२३ पटक पढिएको
  • काठमाडौं । सत्तारूढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्रिपरिषद् विस्तारको गृहकार्य गरिरहँदा नेपाली कांग्रेसभित्र मन्त्री बन्न सांसदहरूको दौडधुप बढेको छ । कांग्रेसभित्र नेता र गुट अनुसार ‘कोटा’मा मन्त्री बाँडफाँट गर्ने गृहकार्य भइरहेको छ ।

    शेरबहादुर देउवालाई संसदीय दलको नेतामा मत दिएका नेताहरू सभापति देउवाको धुम्बाराहीस्थित निवासमा धाइरहँदा इतर समूहका नेता डा. शेखर कोइरालाको निवास मण्डिखाटार र महामन्त्री गगन थापाको निवास रातोपुलमा पनि भीडभाड छ । यस्तै, पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सिंहमाथि पनि उनको ठमेलस्थित निवासबाट मन्त्रीका लागि धुम्बाराहीमा नाम पठाउन दबाब छ ।

    यस्तै, राष्ट्रपतिमा देउवाको रुचाइमा नपरेका अर्का पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग पनि केही सांसद मन्त्रीका लागि सिफारिस गरिदिन भन्दै धाइरहेका छन् । यस्तै, पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई पनि केही सांसदले मन्त्री बनाइदिन भन्दै धाइरहेका छन् ।

    ‘सभापतिदेखि महामन्त्री र पूर्वमहामन्त्रीको निवासमा कोटामा मन्त्री बनाइदिन भन्दै सांसदहरू धाइरहेका छन्, संख्या कम छ, आश्वासन धेरैले पाइरहेका छन्,’ सोमबार देउवा निवासबाट बाहिरिँदै गरेका एक जना केन्द्रीय सदस्यले भने ।

    कांग्रेसले प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सात मन्त्री र एक राज्यमन्त्री लिने लगभग शीर्ष तहमा सहमति बनिसकेको छ । सो सहमतिनुसार पनि कांग्रेस सभापति देउवाले संस्थापन पक्ष र इतर पक्षलाई समेटेर मन्त्री तय गर्नुपर्ने छ । सिंह र सिटौलालाई पनि मिलाउनुपर्ने चुनौती देउवामाथि छ ।

    संस्थापन समूहबाट प्रधानमन्त्रीपछिको वरीयता लिनेगरी कांग्रेसले उपप्रधानसहितको रक्षा वा शिक्षा मन्त्रालयको जिम्मा दिएर उपसभापति पूर्णबहादुर खड्कालाई पठाउने निश्चित छ । यस्तै, संस्थापन पक्षबाटै अर्थमन्त्रीमा कांग्रेस प्रवक्तासमेत रहेका डा. प्रकाशसरण महत आफूलाई पठाउनेमा ढुक्क छन् । एनपी साउद र सीता गुरुङलाई पनि सरकारमा मन्त्री बनाएर पठाउने देउवाको तयारी रहेको स्रोत बताउँछ ।

    यसैगरी, संस्थापनइतर पक्षलाई दुई मन्त्रालय दिने तयारी सभापति देउवाको छ । इतर पक्षले तीन मन्त्रालय दाबी गरिरहेको छ । इतर समूहबाट उपसभापति धनराज गुरुङ मन्त्री बन्ने निश्चितजस्तै छ । यस्तै, नेता प्रदीप पौडेल पनि इतर समूहबाट मन्त्री बन्ने सम्भावना प्रवल छ ।

    यस्तै पूर्वमहामन्त्री सिंहले आफू सरकारमा जाने अवस्था नदेखेपछि राजन केसीलाई मन्त्री बनाउन चाहेका छन् । सिंहनिकट सन्तोष चालिसे पनि मन्त्रीका लागि लबिइङमा छन् । यस्तै, राष्ट्रपति रामचन्द्र पौडेलको समेत कोटा छुट्याउँदा तेजुलाल चौधरी पनि मन्त्री बन्ने सम्भावना रहेको स्रोत बताउँछ ।

    सिटौलाले भने प्रदीप पौडेललाई नै मन्त्री बनाउन चाहेका छन् । पौडेललाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समेत साथ छ ।

    यस्तै, अर्का पूर्वमहामन्त्री शशांक कोइरालाले दीपक खड्का र दीपक गिरीमध्येबाट एक जनालाई मन्त्री बनाउन सभापति देउवासँग आग्रह गरिरहेका छन् । उनीहरू दुवै जनाले शशांकमार्फत देउवामाथि दबाब बढाइरहेका छन् ।

    देउवा समूहबाटै उदयशमशेर राणा, मोहन बस्नेत, रामहरी खतिवडा, रमेश रिजाल, वीरबहादुर बलायर र अजय चौरसिया पनि मन्त्री बन्ने दौडमा छन् । यस्तै, इतर समूहबाट जीवन परियार, बद्री पाण्डे, संजय गौतम, डिगबहादुर लिम्बु पनि मन्त्रीका लागि दौडधुपमा छन् ।राजधानी दैनिकबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकारी निकायले साउन १ देखि चेक काट्न नपाउने

  • तपाईंले गलत तरिकाले त चिया पिइरहनु भएको छैन ?

  • यी चार प्रदेशमा आज भारी बर्षा हुने

  • सुनसरीमा गोली प्रहारबाट १७ वर्षीया खातुनको मृत्यु

  • समाचार
  • १

    सरकारी निकायले साउन १ देखि चेक काट्न नपाउने
    २०८२ अषाढ ३०, सोमबार

  • २

    तपाईंले गलत तरिकाले त चिया पिइरहनु भएको छैन ?
    २०८२ अषाढ ३०, सोमबार

  • ३

    यी चार प्रदेशमा आज भारी बर्षा हुने
    २०८२ अषाढ ३०, सोमबार

  • ४

    सुनसरीमा गोली प्रहारबाट १७ वर्षीया खातुनको मृत्यु
    २०८२ अषाढ ३०, सोमबार

  • ५

    काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
    २०८२ अषाढ २९, आईतबार

  • ६

    प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दे युवराज सफलले दिए अख्तियारमा निवेदन
    २०८२ अषाढ २९, आईतबार

  • ७

    शुकदेव शर्मा र उनकी श्रीमती घरमा मृत फेला
    २०८२ अषाढ २९, आईतबार

  • ८

    उद्घाटनको ५ महिना बितिसक्दा गुल्मीको मालिका गाउँपालिका भवन प्रयोगविहीन
    २०८२ अषाढ २९, आईतबार

  • ९

    कहाँ पुग्यौ र खै? – कविता
    २०८२ अषाढ २९, आईतबार

  • १०

    दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना: २९ घाइते, ३ जना गम्भीर (नामावलीसहित)
    २०८२ अषाढ २९, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution