• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ आश्विन २७, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरका यी पाँचवटा पालिकामा असोज ३ र ४ गते विद्युत अवरुद्ध हुने

२०८२ आश्विन २, बिहिबार
२

चितवनमा इभी माईक्रो र्‍याकरमा ठोक्किँदा ९ जना घाइते (नामावलीसहित)

२०८२ आश्विन १४, मंगलबार
३

सरकारको भुक्तानी प्रणाली बन्द, कर्मचारीको तलब नरोकिने

२०८२ भाद्र २९, आईतबार
४

तोडफोडमा संलग्न ८ जना जनप्रतिनिधि र कर्मचारीलाई कारबाही गर्छौँ- बर्दघाट नगरपालिका

२०८२ आश्विन २, बिहिबार
५

प्रधानमन्त्री सुशीला कार्कीको पीएसओमा डीएसपी निशान थापा

२०८२ भाद्र २८, शनिबार
६

नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

२०८२ आश्विन १४, मंगलबार
७

यी हुन् गृहमन्त्री अर्यालले गरेका तीन निर्णय

२०८२ भाद्र ३०, सोमबार
८

नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

२०८२ आश्विन ५, आईतबार
९

नवलपुरमा “टिम्बर ट्रपिकल रिट्रीट होटल” सञ्चालनमा

२०८२ आश्विन १४, मंगलबार
१०

बस दुर्घटना हुँदा २ जनाको मृत्यु , ४० बढी घाइते

२०८२ आश्विन १७, शुक्रबार
११

यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु

२०८२ आश्विन २७, सोमबार
१२

घरभित्र लुकेर बस्ने नेताहरुलाई खादा लगाएर बिदा गरौँ- महेश बस्नेत

२०८२ भाद्र ३०, सोमबार

रामपुर नगरपालिकामा छैन नागरिक वडापत्र

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ कार्तिक २, बुधबार

  • २८९ पटक पढिएको
  • पाल्पा । सेवा प्रदायक निकायले प्रदान गर्ने सेवाका सम्बन्धमा सेवाग्राहीलाई दिने सूचना नागरिक वडापत्र हो । पारदर्शिता प्रर्बद्धन र सुशासन कायम राख्नका लागि नागरिक वडापत्र महत्वपूर्ण औजार मानिन्छ तर पाल्पाको रामपुर नगरपालिका कार्यालयमा भने नागरिक वडापत्र देखिँदैन ।

    सेवा प्रदायक निकायले आफ्नो कार्यालयबाट प्रदान गर्ने सेवाको बारेमा जानकारी गराउने विवरण वा सूचना पार्टीका रुपमा लिइने नागरिक वडापत्र हरेक कार्यालयमा राख्नुपर्ने भए पनि यहाँको नगरपालिका कार्यालयमा कतै राखिएको पाइँदैन ।  नागरिकले कार्यालयमा गएर के के सेवा लिने भन्ने जानकारीका लागि कार्यालय बाहिर राखिने जानकारीमूलक सूचना भए पनि रामपुर नगरपालिकाको कार्यालय परिसरमा कतै पनि नदेखिएको स्थानीयवासी भोजराज भट्टराई बताए ।

    “वडापत्र नहुँदा नगरपालिका कार्यालयमा सेवा लिन आउने नगारिक सूचना पाउनबाट वञ्चित हुन परेको छ”, उनले भने, “जाने बुझेका नागरिकले त कर्मचारीसँग सोधपुछ गरेर सूचना लिन्छन्अर्थात् बेवसाइटमार्फत सूचना हेर्लान् तर सामान्य नागरिक अन्धोजस्तै हुनुपरेको छ, वडापत्र अनिवार्य रुपमा राखिनुपर्ने भए पनि यहाँको नगरपालिकाले यसको व्यवस्था गरेको छैन ।”

    नागरिक वडापत्रसम्बन्धी सुशासन ९व्यवस्थापन र सञ्चालन ऐन २०६४० ऐनमा भएको व्यवस्थाअनुसार नेपालमा प्रत्येक सेवा प्रदायक कार्यालयले कार्यालय परिसरमा सबैले देख्न सकिने ठाउँमा नागरिक वडापत्र राख्नुपर्दछ । नागरिक वडापत्र जोकोहीले स्पष्ट देखिने गरी कार्यालयमा राखिनुपर्ने भए पनि रामपुर नगरपालिकाले सो व्यवस्थाको पालना नगरेको सीताराम माविका शिक्षक मनिराज अधिकारीले बता्रए ।

    सूचना पाउने नागरिकको नैसर्गिक अधिकार हो । नागरिकले सूचना छिटो पाउनुपर्दछ र कार्यालयमा प्रष्टसँग देखिने गरी राख्नुपर्छ । नगरपालिकाले सबै नागरिकले देखिने गरी राखेको खण्डमा नागरिक सूचना पाउनबाट वञ्चित हुनु नपर्ने बताउनुहुन्छ, कालिका माविका शिक्षक ज्ञानबहादुर दर्जी ।
    कार्यालयले सेवा दिने विषयलाई स्पष्टसँग सेवाग्राहीलाई अग्रिम जानकारी गराउने सूचना पार्टीलाई पार्टी नागरिक वडापत्र भनिन्छ । यो सेवाग्राहीको प्रतिबद्धतापत्र पनि हो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले डिजिटल बनाउने प्रक्रियामा रहेको र अब छिट्टै नै डिस्प्लेसहितको नागरिक वडापत्र बन्ने बताए ।

    “म पनि यस कार्यालयमा हालसालै मात्रै सरुवा भएर आएको हो, पूरानो भवनमा (हाल रामपुर ५ को वडा कार्यालय रहेको) नागरिक वडापत्र थियो भन्ने जानकारी पाएको छु, प्रक्रियामा रहेकाले हामी जतिसक्दो चाँडो राख्ने तयारीमा छौँ”, उनले भने ।

    नयाँ प्रशासकीय भवन सञ्चालन भएको सात महिना भइसक्दा पनि नागरिक वडापत्र नराखिनु नगरपालिकाको ढिलासुस्ती भएको नागरिकले बताएका छन् । नागरिक वडापत्र भनेको सेवा प्रदायक सार्वजनिक निकायले आफूले प्रवाह गर्ने सेवा र सेवा प्राप्ति प्रक्रियाको सम्बन्धमा नागरिकप्रति गरेको लिखित प्रतिबद्धता हो ।

    सम्बन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति, सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि, सेवा प्रदान गर्न लाग्ने समयावधि, सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण, सेवा प्राप्त गर्न कुनै दस्तुर तथा अन्य रकमसमेत लाग्ने भए सोको विवरण, सेवा प्राप्त गर्न सेवाग्राहीले पेस गर्नुपर्ने कागजात, सेवाग्राहीले सेवा सम्बन्धमा गरेका गुनासो सुन्ने अधिकारीको पद र नाम, सेवा प्रदायक निकायको तालुक कार्यालय र टेलिफोन नं, सेवा प्रवाहको प्राथमिकता, क्षतिपूर्ति प्राप्त हुने र नहुने सेवाजस्ता जानकारीमूलक सूचना नागरिक वडापत्रमा पाइन्छ ।

    प्रशासनलाई जनउत्तरदायी तथा नागरिकमैत्री बनाउने, कानूनको शासनलाई प्रत्याभूति गर्ने, सार्वजनिक निकायमा पारदर्शिताको प्रवद्र्धन गर्ने, सरकारी काम कारबाहीमा अनियमितता, ढिलासुस्ती र भ्रष्टाचार हटाउने, सेवा वितरण प्रणालीमा सुधारको लागि पृष्ठपोषण प्राप्त गर्ने, दण्ड पुरस्कार प्रणालीको विकास गर्ने तथा समग्रमा भन्दा मुलुकमा सुशासन कायम गर्ने उद्देश्यले नागरिक वडापत्र राख्ने परम्पराको विकास भएको पाइन्छ । रासस

  • रामपुर नगरपालिका
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नर्सिङको तलब सरकारी सरह दिन मन्त्रालयकाे निर्देशन

  • कृष्णबहादुर महराविरुद्ध मुद्धा दर्ता

  • हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक

  • डोनाल्ड ट्रम्पलाई इजरायलमा भव्य स्वागत, नेसेटको सम्बोधन र बन्धकहरु भेट्ने कार्यक्रम

  • समाचार
  • १

    नर्सिङको तलब सरकारी सरह दिन मन्त्रालयकाे निर्देशन
    २०८२ आश्विन २७, सोमबार

  • २

    कृष्णबहादुर महराविरुद्ध मुद्धा दर्ता
    २०८२ आश्विन २७, सोमबार

  • ३

    हमासले दुई बर्षपछि रिहा गर्यो २० जना बन्धक
    २०८२ आश्विन २७, सोमबार

  • ४

    डोनाल्ड ट्रम्पलाई इजरायलमा भव्य स्वागत, नेसेटको सम्बोधन र बन्धकहरु भेट्ने कार्यक्रम
    २०८२ आश्विन २७, सोमबार

  • ५

    सुनको मूल्य तोलामा २ लाख ४० हजार नाघ्यो
    २०८२ आश्विन २७, सोमबार

  • ६

    घुस रकम सहित वीर अस्पतालका लेखा अधिकृत अख्तियारको नियन्त्रणमा
    २०८२ आश्विन २७, सोमबार

  • ७

    गाजाबाट मुक्त हुनेमा विपीन जोशीको नाम समावेश छैन्
    २०८२ आश्विन २७, सोमबार

  • ८

    टी–२० विश्वकप छनोटमा नेपालले आज कतारसँग खेल्दै
    २०८२ आश्विन २७, सोमबार

  • ९

    यी हुन् हमासले पहिलो चरणमा रेडक्रसलाई हस्तान्तरण गरेका ७ बन्धकहरु
    २०८२ आश्विन २७, सोमबार

  • १०

    गाजामा बन्धक रिहाईको प्रक्रिया केहीबेरमा शुरु हुँदै, रेडक्रसको गाडी पुग्यो
    २०८२ आश्विन २७, सोमबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    २

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ३

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ४

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    ५

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ६

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ७

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ८

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution