• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ २, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नवलपुरमा रड प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

२०८२ जेष्ठ ३०, शुक्रबार
२

गैँडाकोटमा रेबिजका कारण एक पुरुषको मृत्यु

२०८२ जेष्ठ १४, बुधबार
३

दोहोरो पैसा लिएको पुष्टि भएपछि चितवनको मनकामना अस्पतालमा बीमा कार्यक्रम रोकियो

२०८२ जेष्ठ ५, सोमबार
४

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
५

पतन्जलीले रोक्यो नवलपुरको २७ बिघामा बन्दै गरेको संरचना निर्माणको काम

२०८२ जेष्ठ ३१, शनिबार
६

नवलपुरको गैंडाकोटमा बस र माइक्रो ठक्करखाँदा ९ जना घाइते

२०८२ जेष्ठ ६, मंगलबार
७

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार
८

नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा १ जनाको मृत्य, पाँच घाइते

२०८२ जेष्ठ १९, सोमबार
९

कावासोती नगरपालिकाले वितरण गरेको अनुदानको धानको बिउ उम्रिएन  

२०८२ जेष्ठ २८, बुधबार
१०

दुई साँढे बीचको जुधाइमा परेर स्कुटर चालकको मृत्यु

२०८२ जेष्ठ १२, सोमबार
११

बुटवलमा आमा र दुई छोरीसहित तीन जनाको बिभत्स हत्या

२०८२ जेष्ठ १४, बुधबार
१२

चितवनमा कार र बस ठोक्किँदा कार चालकको मृत्यु

२०८२ जेष्ठ ९, शुक्रबार

चितवन क्यान्सर अस्पतालका आवासीय भवनमा ३४ वटा कोठा खालि

नवलपुर अनलाइनप्रकाशित मिति: २०८० माघ १३, शनिबार (१ साल अघि)

  • १५६ पटक पढिएको
  • सुनिता सुवेदी, चितवन, १३ माघ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले स्थापना भएपश्चात शुक्रबार दोस्रो सार्वजनिक सुनुवाई गरेको छ । स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको स्मृतिमा वि.सं २०४८ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र चिनिया प्रधानमन्त्री लि फिङ बिच सम्झौता भई अस्पतालको स्थापना भएको थियो ।

    वि.सं २०५७ सालमा गिरिजा प्रसाद कोइरालाबाट औपचारिक उद्धघाटन गरिएको क्यान्सर अस्पतालले २०६७ सालमा पहिलो सार्वजनिक सुनुवाई गरेको थियो । सामान्यतया वर्षमा तीन पटक सार्वजनिक सुनुवाई गर्नुपर्ने नियम भएतापनि अस्पताल स्थापनाको ३२ वर्षपछि शुक्रबार दोस्रो पटक क्यान्सर अस्पतालले उक्त कार्यक्रम गरेको हो ।

    गत भदौ १२ गते अस्पतालको नयाँ कार्यकारी निर्देशकको रुपमा डा शिवजी पौडेल नियुक्त भएका थिए । भ्रष्टाचार विरुद्ध अभियान चितवनले समन्वय तथा सहजीकरण गरेको उक्त कार्यक्रममा अस्पतालको नयाँ पदाधिकारी आएपश्चात पनि सेवाग्राहीले अपेक्षा गरेअनुरुपको प्रगती अस्पतालले गर्न नसक्दा सेवाग्राहीले असिमित गुनासा पोखे ।

    कार्यक्रममा भ्रष्टाचार विरुद्ध अभियानकी सह–सचिव रिता कंडेलले अस्पतालमा सेवा लिन र सेवा लिएर फर्कदा सय जना व्यक्तिलाई प्रश्नावली भरेर तयार पारेको रिपोर्ट प्रस्तुत गरिन् । रिपोर्टमा उल्लेख भए अनुसार सय जनाले नै उपचारको क्रममा कम्तीमा एक घण्टा भन्दा बढि समय लाईनमा उभिनु परेको बताए ।

    ८० प्रतिशत सेवाग्राही अस्पतालका कर्मचारी, डाक्टर र नर्सको व्यवहारप्रति र ७५ प्रतिशत विरामी अस्पतालले दिने सेवाप्रति असन्तुष्ट रहेकाे रिपोर्टमा उल्लेख छ । क्यान्सर अस्पतालले नि:शुल्क वितरण गर्ने औषधीको बारेमा ८० प्रतिशत सेवाग्राही जानकार छैनन् ।

    कार्यक्रममा नेपाली काङ्ग्रेस भरतपुर–७ का वडा सभापति विनोद ढकालले अस्पतालका कर्मचारी र डाक्टरहरुको लागि भनेर बनाईएका आवासिय भवन अनाधिकृत व्यक्तिले कब्जा गरेको बताए ।

    जलदेवी टोलका दिपक ढकालले अस्पताल भित्रकाे फार्मेसीमा बीमाको औषधी नपाएपछि अस्पताल बाहिरको फार्मेसीमा महङ्गोमा औषधी किन्न विरामी बाध्य भएकाे बताए । ‘अस्पतालको फार्मेसीमा औषधी नराखेर बाहिर पठाउने प्रचलनको अन्त्य हुनुपर्छ,’ उनले भने ।

    सार्वजनिक सुनुवाईमा भरतपुर–४ बस्ने शालिकराम शर्माले अस्पतालभित्रै पाउनुपर्ने उपचारको लागि बाहिर धाउनुपर्ने समस्याको बारेमा प्रश्न गरेका थिए । भरतपुर–१० का हरि प्रसाद न्यौपानेले क्यान्टिनमा सुधार नभएको गुनासो पोखे ।

    रवि लामिछानेका सिईओ हेमन्त बरालले अस्पतालको बारेमा जानकारी नभएका सेवाग्राहीलाई कठिनाई भएको गुनासो गरे । ‘सेवाग्राहीलाई सहज गराउन सामान्य जानकारी दिन सोधपुछ कक्ष हुनु आवश्यक छ , उनले भने ।

    क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अस्पतालमा सेवाग्राहीको सहज पहुँचको लागि प्रयत्न गरिरहेको बताए । ‘सहज र सरल उपचार गर्ने मान्यताका साथ अगाडि बढेका छौँ, उनले भने, ‘विवेकपूर्ण र न्यायोचित रुपमा अस्पताललाई चुस्त राख्न प्रयासरत छौँ ।’

    निर्देशक पाैडेलले गुनासाकाे जवाफ दिँदै अस्पतालमा भएका आवासिय भवनमा ३४ वटा कोठा खालि भइसकेकोले आगामी हप्ता आवश्यकताका आधारमा कोठा वितरण गर्ने प्रतिवद्धता जनाए । उनले अस्पतालका कर्मचारीले राम्रो व्यवहार नगरेको गुनासो सुनेपछि अस्पतालमा मुस्कान सहितको सेवा दिन कर्मचारीलाई निर्देशन दिए ।

    कमिसनको पछि लाग्ने कर्मचारीलाई अस्पताल छाडेर जाने वातावरण बनाउने उनले प्रतिबद्दता व्यक्त गरे । पेट्रोल, होटल र मदिराको बिल अस्पतालले भुक्तानी गरेको भन्ने सन्दर्भमा जवाफ दिँदै डा पौडेलले भने, ‘अनियमितता हामीबाट हुँदैन, अनियमितता जुन दिन हुन्छ त्यो दिन म अस्पतालमा बस्न लायक हुन्न ।’

    नागरिक रिपोर्टबारे डा पौडलले भने, ‘रिपोर्ट कार्ड यसपटक फेल भयो, फाइनलमा डिस्टिङ्सन ल्याएर तपाईहरुलाई देखाउँछौ ।’ कार्यक्रममा क्यान्सर अस्पतालमा वेथितीका समस्याहरु गुनासो पोखिएका थिए । यद्यपी केहि सुधारका कार्यक्रम भएको डा पौडेलले जानकारी दिए ।

    अस्पतालमा नागरिक वडापत्र, गुनासो पेटिका, अपरेसन थेयटरबाहिर पिउने पानी तथा बस्ने स्थानको व्यवस्थापन, अस्पतालका विभिन्न स्थानमा चार्जिङ स्टेशनको व्यवस्था, कार्डियोलोजी सेवाको सुरुवात, अस्पताल फार्मेसिमा अधिकांश औषधी उपलब्ध र रोकिएको पदपूर्ती कार्य गरिएको डा पौडेलले बताए ।

    ‘राजश्व उपशाखामा बिरामीहरुलाई पेपर फोटोकपि कम गरि छिटो सेवा प्रवाहका लागि स्क्यानरको व्यवस्था गरेका छौँ,’ उनले भने, ‘चिनिया सरकारको सहयोगमा बन्ने ‘बोन म्यारो ट्रान्स्प्लाण्ट सेन्टर’का लागि प्रारम्भिक अध्ययन समेत सुरु भएको छ ।’

  • वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

  • इजरायलमै अड्किए विराटनगरका मेयर कोइराला

  • अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो

  • गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

  • समाचार
  • १

    सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?
    २०८२ अषाढ २, सोमबार

  • २

    इजरायलमै अड्किए विराटनगरका मेयर कोइराला
    २०८२ अषाढ २, सोमबार

  • ३

    अहमदावाद विमान दुर्घटनाः दोस्रो ‘ब्ल्याक बक्स’ पनि भेटियो
    २०८२ अषाढ २, सोमबार

  • ४

    गैँडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
    २०८२ अषाढ २, सोमबार

  • ५

    यी पाँच प्रदेशमा मेघगर्जन र चट्याङ सहित बर्षा हुने
    २०८२ अषाढ २, सोमबार

  • ६

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
    २०८२ अषाढ २, सोमबार

  • ७

    सामाजिक सुरक्षा भत्ता हिनामिनामा १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
    २०८२ अषाढ २, सोमबार

  • ८

    संघीय निजामती सेवा सम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस
    २०८२ अषाढ १, आईतबार

  • ९

    केदारनाथ हेलिकप्टर दुर्घटनामा चालकसहित ७ यात्रुको मृत्यु
    २०८२ अषाढ १, आईतबार

  • १०

    बेलिब्रिज भाँचिदा घाइते भएका तीन जना कामदारको मृत्यु
    २०८२ अषाढ १, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution