यसबाट हालसम्म कुनै पनि अप्रिय घटना नभएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । अघिल्लो दिन मात्रै चीनयाँ पक्षले चीन तर्फको भूभागमा भारी बर्षा हुने जनकारी दिएपछि भोटेकोशीमा फेरी बाढी आउने सूचनासँगै रसुवामा उच्च सतर्कता अपनाईएको थियो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार हालसम्म बाढीबाट जनधनको क्षति नभएको जानकारी दिएको छ । अझै पनि भारी वर्षाका कारण विपद्को जोखिम हुनसक्ने भएकोले आवश्यक पूर्वतयारी र सावधानीका साथ उच्च सर्तकता अपनाउन रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले सबैमा अनुरोध गर्नुभयो ।
यसैबीच नदी आसपासमा निर्माणाधीन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूले आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाउन सूचनामार्फत अनुरोध गरिएको छ ।
सम्भावित विपदबाट यस जिल्लामा सञ्चालित सडक मार्गहरूमा समेत क्षति तथा अवरोध पुग्न सक्ने भएकाले यातायातका साधन सञ्चालन गर्दा र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ । गत असार २४ गते मंगलबार चीनको लेन्दे खोलामा आएको बाढीले ठूलो धनजनको क्षति गरेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे