२०८३ श्रावण ५, मंगलबार


एमालेको ११औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा पराजित भएपछि विष्टले बिहीबार सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै राजीनामा दिएका हुन् । उनले पार्टीको आन्तरिक लोकतन्त्र, नेतृत्व शैली र मूल्य-मान्यतामा गम्भीर विचलन रहेको राजीनामामा उल्लेख गरेका छन् ।
उनले मङ्सिर २४ गते केपी शर्मा ओलीलाई भेट्दा एउटा दासले मालिकको व्यवहार जस्तो उल्लेख गर्दै आफुलाई सम्मानित अध्यक्षको अगाडी छु वा कुनैं मालिकको अगाडी क्षमा दानको लागी बिन्ती बिसाउन उपस्थित भएको छु भन्ने अनुभूति भएको लेखेका छन् ।
विष्टले ओली सरकारमा रहेको समयमा देशमा भएको ध्वंशात्मक मानवीय र भौतिक क्षतिको जवाफ दिनु पर्नेमा उल्टै अधिनायकवादी शैलीमा आन्दोलनकारी, शहीद, घाइते र आम जनतालाई आलो घाउमा नुन चुक छर्ने काम गरिरहेको आरोप लगाउदै ओली पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुनै लयमा नदेखिएको बताएका छन् ।
उनले ओली व्यक्तिवादी अराजकतातिर गैरहेको भन्दै ओलीको बेलगाम अभियानलाई प्रकारान्तरले संस्थागत गर्ने कामकै पक्षपोषण र भबिस्यमा समेत रुपान्तरणको कुनै गुन्जायस नदिएको बताएका छन् ।
उनले पार्टी नेतृत्व भावना, बिचार र मुल्य मान्यतावाट पुरै स्खलीत भएको अवस्थामा यस संस्थामा रहेर बाँकी आफनो समय बर्बाद हुने, जनता प्रति उत्तरदायी बन्न नसकिने र पुर्ण रुपेण आदर्श मुल्य मान्यतावाट च्युत हुदै जादा संस्थागत मात्र नभई ब्यक्तिगत रुपमा समेत जन कठघरामा ढिलो छिटो जवाफदेही हुनु पर्ने बाध्यात्मक अवस्था सृजना हुने भएकाले पार्टीमा सम्पुर्ण जिम्मेवारीसहित पार्टी सदस्यवाट समेत राजीनामा दिएको घोषणा गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे