२०८२ अषाढ २९, आईतबार
कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको शेयर मूल्य वृद्धि भएको हो । कूल एक करोड ३१ लाख सात हजार ८० कित्ता शेयर पाँच अर्ब ४७ करोड ६२ लाख ८७ हजार सात सय ४० रुपैयाँमा खरिद बिक्री भएका छन् ।
कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको २५ करोड १२ लाख ३३ हजार छ सय ९४ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको २२ करोड ६३ लाख ४५ हजार दुई सय १८ रुपैयाँ, सोल्टी होटलको २२ करोड ४२ लाख २९ हजार छ सय ३८ रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १३ करोड १४ लाख २० हजार दुई सय ८७ रुपैयाँ र हिमालयन डिस्टिलरीको १२ करोड ४८ लाख ९७ हजार छ सय ६८ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
यस्तै निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, हिमालयन लाइफ इन्स्योरेन्स, नेरुडे लघुवित्त, गरिमा विकास लघुवित्तलगायत कूल २८ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे