२०८२ अषाढ २९, आईतबार
उक्त कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत झङ्कनाथ ढकालले उनीहरुको भिसा परीक्षण गर्दा कतिपयको ‘वेटिङ फर एप्रुभ’ भनेको भेटिएको, कतिपयको व्यक्तिगत श्रम स्वीकृतिमा जान लागेको देखिएको तर राजदूतावासबाट श्रम स्वीकृतिको बोधार्थ प्राप्त नभएको तथा एउटा देशमा जाने भनेर कागजात पेश गरिएको तर उसको भिसा अर्कै देशको रहेको पाइएको लगायतका समस्याहरु देखिएको बताए ।
उनले भने, “यी कागजातहरु सही हुन पनि सक्छन् र गलत हुन पनि सक्छन्, तर कागजात शङ्कास्पद देखिएकाले रोकिएका छन्, यस विषयमा वैदेशिक रोजगार विभाग, परराष्ट्र मन्त्रालयसँग समन्वय गरेरमात्रै के रहेछ निर्क्यौल हुनेछ ।” त्यसअघि जोर्डन जान लागेका १५ जनालाई पनि यसैगरी फिर्ता गराइएको थियो । उनीहरुको विषयमा पनि निर्णय भइसकेको छैन । रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे