२०८२ अषाढ २९, आईतबार
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वकिलहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने बताउनुपर्ने बताउनु भएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले वकिलहरुले मनपरी धेरै फिस लिने गरेका भन्दै यसको पनि नियमन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘अरुलाई कानून सिकाउने, न्यायको पैरवी, बहस गर्ने, अरुमाथि प्रश्न उठाउने वकिलहरुलाई कानून लाग्छ कि लाग्दैन ? वकिलहरु जवाफदेही हुनुपर्छ कि पर्दैन ? आज देशमा वकिलहरुले मनपरी फिस लिने गरेका छन् । रसिद दिदैन कर पनि दिदैन । करोडौँ कमाउने वकिलललाई कर लाग्छ कि लाग्दैन ? करको दायरामा ल्याउनुपर्छ ।’
अध्यक्ष साहले वकिलहरुले लिने रकमको न्युनतम र अधिकतम मापदण्ड तोक्नुपर्ने बताउनु भयो ।ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे