२०८२ अषाढ २९, आईतबार
बुधबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो।
निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा पाँच रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १४ रूपैयाँ बढाएको जानकारी दिएको छ। खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ ८५ पैसा र डिजेलमा ११ रूपैयाँ २५ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे