२०८२ जेष्ठ ११, आईतबार
तथाकथित भीआइपीहरूले पहुँच र तुजुकको भरमा देशको सुरक्षा निकायका जनशक्तिलाई आफ्नो घरायसी काममा लदाइरहेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अतिविशिष्ठ भनिएकाहरूकहाँ खटाइएका जनशक्तिलाई तत्काल फिर्ता गरी दरबन्दी भएकै ठाउँमा पठाउन मन्त्रालयलाई निर्देशन दिएको हो ।
यसबारे निर्देशन दिन समितिले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नै बैठकमा बोलाएको थियो । समितिले भीभीआइपी र भीआइपीलाई मापदण्डविपरीत उपलब्ध गराइएका पीएसओ, सवारी चालक र भान्से कति छन् १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
मन्त्री र सरकारी पदाधिकारीले नियमले पाउनेभन्दा बढी लिएका सवारीसाधन फिर्ता गराउन पनि समितिले निर्देशन दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे