२०८२ जेष्ठ १०, शनिबार
प्रदेश सरकारले सर्लाहीको लालबन्दी रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि आर्थिक वर्ष २०७६/०७७ मा बजेट छुट्याएको थियो । १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ बराबर सो बजेट संघीय सरकारबाट समपूरक अनुदानबाट प्राप्त भएको थियो ।
अख्तियारले प्रदेशका आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोग गरी कानुन विपरित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरी बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ निकासा गरेको ठहर गरेको हो ।
भ्रष्टाचार आरोपित ७ जनाबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ असुलउपर तथा भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवाना समेत गर्न अख्तियारले माग गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ अनुसार थप कैद सजाय समेत मागदाबी गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे