२०८२ जेष्ठ १०, शनिबार
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्कासन गरेको हो । यो एफपीओ खरीदका लागि लगानीकर्ताहरूले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने कात्तिक ९ गतेसम्म विक्री लम्बिनेछ । एफपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिनेछ ।
कम्पनीाके एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
२०६६ पुस २ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको यस कम्पनीले २०७६ असोज ७ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न स्वीकृती प्राप्त गरी २०६७ असोज २५ गतेदेखि आफ्नो वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस लघुवित्तको नेपालभरी ७७ ओटै जिल्लामा १५० वटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीको चुक्तापूँजी ६६ करोड ५७ लाख ६४ हजार रहेको छ । संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे