२०८२ जेष्ठ ७, बुधबार
नेप्से २८.१८ अंकले घटेर एक हजार ८ सय ७५ दशमलब ६५ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज एक अर्बको समेत कारोबार भएको छैन । आज ७४ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका २७ कम्पनीको शेयरमूल्य बढेको छ भने २०० कम्पनीकोे शेयरमूल्य घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको शेयरमूल्य ८.९९ प्रतिशतले बढेर प्रतिकित्ता २६९.२० रुपैयाँ पुगेको छ । यस्तै, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा ६.६० प्रतिशतले बढेको छ ।
सोनापुर मिनिरल्स एण्ड वेल्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज चार करोड ८ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे