२०८२ जेष्ठ ७, बुधबार
साइबर ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार कार्यालयलाई नेपाली सेनाबाट संगठनप्रति घृणा र द्वेष फैलाउने सामाग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै कानुन बमोजिम कारबाहीको लागि पत्र आएको थियो । प्राप्त सूचनाको प्रचलित प्राविधिक विश्लेषण तथा अनुसन्धान गर्दै खनालले पोस्ट राखेको पत्ता लागेपछि उनलाई पक्राउ गरिएको रायले बताए ।
खनालमाथि विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको छ ।
दमक नगरपालिका वडा नं. ५ झापा घर भई हाल काठमाडाैं बस्ने ४६ वर्षीय खनाल यसअघि नायिका करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा पक्राउ परेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे