२०८२ जेष्ठ १, बुधबार
एनसेलको अहिलेको लगानीकर्ता आजियटा र स्थानीय साझेदार मानिएको सुनिभेरा क्यापिटल भेन्चरका सञ्चालक तथा व्यवस्थापक विरुद्ध बुधवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो।
विदेशी मुद्राको अपचलन र सम्पत्ति शुद्करणविरुद्घको कार्य गरिएको भन्दै मुद्दा दर्ता गरिएको हो।
अन्तर्राष्ट्रिय कानुनलाई चुनौती दिँदै कर तिर्ने प्रयोजनका लागि टेलियाको खातामा जम्मा गरिएको रकम नेपालमै नल्याई एक आपसमा मिलेर सिंगापुरमानै बाँडफाँट गरिएको भन्दै गोकुलबहादुर रोकायाले उच्च अदालत पाटनमा रिट दर्ता गरेका हुन्।
रिटमा आजियटा र सचितलालले गरेको यो कार्य नेपालको इतिहासमा अहिलेसम्मकै ठुलो आपराधिक भएको र यसबाट राष्ट्रिय सम्पत्ति हिनामिना भएको उल्लेख गरिएको छ।
यसबाट नेपालले पाउनुपर्ने ५३ अर्ब २० करोड रुपैयाँ आजियटा र सचितलालले अपचलन गरेको तथा त्यसको बदलामा उनीहरुले एनसेलको नाममा ऋण लिएर एनसेलको पैसाबाट पुँजीगत लाभकर तिर्नु सरासर गैर कानुनी भएको रिटमा उल्लेख गरिएको छ।नागरिक दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे