२०८२ बैशाख ३०, मंगलबार
बुधबार राति भएको दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही र उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, सोही वडाको डाँडाका ५२ वर्षीय भर्दर सार्की तथा सार्कीडाँडाका ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१० पिरिकोटबाट घर्तीगाउँ जाँदै गरेको भूकम्पपीडितका लागि जस्ता पाता बोकेको रा १ त १४ नम्बरको ट्रयाक्टर घुम्तीमा मोड्न खोज्दा दुर्घटना भएको आठबीसकोट इलाका प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरुको नगर अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ट्रयाक्टरका चालक आठबीसकोट– ९ का २१ वर्षीय गोपाल विक फरार रहेको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे