२०८२ बैशाख ३०, मंगलबार
प्रतापपुर गाउँपालिका ५ धर्मौली र रेगैंयाको सिमानाबाट भारतिय नम्बर प्लेटको ON TEST ट्रयाक्टरमा ल्याउदै गरेको ९२ बोरा (४६०० के.जि.) प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो।
घटनास्थलबाट प्रहरीले ट्रयाक्टर र ट्याक्ट्रको ट्रली नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन्।
साथै पाल्हिनन्दन गाउँपालिका वडा नं.५ भगतपुरा स्थितबाट पैदल ल्याइ जम्मा गरी राखिएको अवस्थामा १८ बोरा (९०० के.जि.) प्याज समेत प्रहरीले बरामद गरेको छ। उक्त स्थानबाट मानिस फेला नपरेको हुँदा खोजी कार्य भैरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ। दुबै स्थानबाट गरि ११० बोरा प्याज बरामद भएको हो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे