२०८२ बैशाख ३०, मंगलबार
चितवनको सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनको लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाईटेड हात्ती सञ्चालन स.सं.लि.र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपालको सह–आयोजनामा ५ दिनसम्म महोत्सव हुँदैछ।
भोलि पौष १० गते बिहान ११ बजे नेस्नलपार्कबाट ४० देखी ५० वटा हात्तिको लस्कर सहित विभिन्न जातजातिका झाकी, बाजागाजाको साथमा महोत्सवको उद्घाटन अर्थमन्त्री डा.प्रकाश शरण महतले गर्ने कार्यक्रम रहेको क्षेत्रीय होटल सङ्घ नेपाल चितवनको अध्यक्ष गंगा गिरीले बताउनुभयो ।
पहिलेजस्तो हात्तिको छावाको फुटबल, हात्ती दौड, पोलो जस्ता खेल गतिबिधिहरूले गर्दा हात्तीलाई दुःख भएको भन्ने जनगुनासोको आधारमा यसपटक हात्तीको वनभोज, हात्ती सुन्दरी प्रतियोगिता हुनेछ।
हात्तीको स्वास्थ्य र सजावट तथा सरसफाइ लगायतका बिभिन्न शिर्षकमा मूल्याङ्कन गरी हात्तीलाई सुन्दरी प्रतियोगिताको रुपमा घोषणा गरिने गिरीले जानकारी दिनुभयो। महोत्सवमा स्थानीय परिकार र उत्पादनलाई प्रमुख प्राथमिकता दिईएको छ। ५० वटा स्टल रहने महोत्सवमा १५ देखि २० वटा सम्म व्यापारिक स्टलहरू रहनेछन् भने अन्य संघसंस्थाहरू र कृषि पर्यटन सम्बन्धी स्टल रहने आयोजकले बताएको छ।
पुस १० बाट १४ गतेसम्म सञ्चालन हुने महोत्सव यसपटक चित्रसारीको चौरमा हुनेछभने नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ।
थप समाचार:
पुस १० गतेदेखि १७ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव हुने
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे