२०८२ बैशाख ३०, मंगलबार
नवलपरासी प्रतापपुर गाउँपालिका वडा नं. ९ चण्डालटोलमा प्रदेश नं.३ ०१-००२ च ८९९६ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा कारभित्र भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको सर्जिकल सामाग्री तथा बिभिन्न प्रकारका औषधीहरु ६ पेटी सहित दुईजनालाई पक्राउ गरेको हो।
गोरखा गण्डकी गाउँपालिका वडा नं. ४ भेंडाबारी बस्ने वर्ष ३० को सुजन भन्ने विवेक पोख्रेल र बाग्लुङ बडिगाड गाउँपालिका वडा नं. ५ टारी बस्ने वर्ष २९ को अभिषेक खरेललाई पक्राउ गरिएको छ। घटनास्थलबाट ३९ लाख ४९ हजार १७ रुपैंया बराबरको सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रनाउ (सूचना अधिकारी) रेशम बोहराले जानकारी गराउनुभयो।
निजहरूलाई ईलाका प्रहरी कार्यालय बेलाटारी, नवलपरासीमा ल्याई राखिएको, बरामद औषधी, मानिस तथा कार आवश्यक कारवाहीको लागि भन्सार कार्यालयमा बुझाई घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।
निम्न:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे