२०८२ बैशाख ३०, मंगलबार
आइतबार दाङमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौंले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबर्द्धनसम्वन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त राईले अधिकांश कर्मचारीले तोकेको सात घन्टा कार्यालयमा बसेर काम नगरेको बताएका हुन्।
‘९० प्रतिशत कर्मचारीले दैनिक सात घन्टा काम गरेको भए मलाई देखाउनुहोस,’ उनले भने, ‘त्यसैले अहिले भएको तलव त्यस्ता कर्मचारीका लागि बढी भएको छ।’
तर, उनले १० प्रतिशत कर्मचारीले भने कार्यालयमा दैनिक दस घन्टासम्म काम गर्ने बताउँदै राज्यले घन्टा अनुसार तलव दिने व्यवस्था गर्नुपर्ने बताए।
‘विदेशमा पनि त्यही छ। त्यस्तो ब्यबस्था भएमा सात घन्टा काम गर्ने कर्मचारीले सात घन्टाको र तीन घन्टा काम गर्ने कर्मचारीले तीन घन्टाको मात्रै तलब पाउँछन्। यो न्यायोचित पनि हुन्छ,’ उनले भने।
कर्मचारीहरुमा भनेबमोजिम र तोकिएबमोजिम काम नगर्ने तर अपेक्षा धेरै गर्ने प्रवृत्ति रहेको उनले बताए।
जिम्मेवारी अनुसार काम नभएपनि फाल्न नसक्ने परिपाटीका कारण देशले आर्थिक भार खेप्नु परेको भन्दै काम अनुसार घन्टाको कर्मचारीलाई तलब दिनु उपयुक्त हुने उनको धारणा थियो। सेतोपाटीबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे