२०८२ जेष्ठ १, बुधबार
क्षेत्रपाटीबाट अग्रवाल र अन्य तीन जनालाई न्युरोडलगायत क्षेत्रबाट पक्राउ गरिएको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए।
उनीहरूको साथबाट विभागले दुई करोड तीस लाख नेपाली रकम र दुई हजारजति डलर बरामद भएको ढुंगानाले जानकारी दिए। बिहीबार बेलुकाबाट विभागले विशेष अपरेसन चलाएर राति उनीहरूलाई पक्राउ गरेको ढुंगानाले बताए।
अग्रवाल क्षेत्रपाटीका कपडा व्यवसायी हुन्। उनको क्रिप्टोकरेन्सी, हुण्डी, सुनको शंकास्पद कारोबार रहेको बुझिएको छ। ‘अवैधानिक कारोबार बारे अहिले अनुसन्धान भइरहेको छ, हामी रकम र कारोबारको कनेक्सनबारे अनुसन्धान गरिरहेका छौं,’ ढुंगानाले भने।
शंकास्पद अन्य तीन व्यक्तिको संलग्नताबारे अनुसन्धान भइरहेकाले विभागले नाम खुलाएको छैन।
विभागले बरामद रकम गणना गरिरहेको उनले बताए। ‘दुई हजारजति डलर बरामद भएको छ, अहिले गन्ती गरिरहेका छौं,’ उनले भने।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे