२०८२ बैशाख २७, शनिबार
एलटिकेका प्रबन्धक राजेश शर्मा आचार्यका अनुसार विशेष छुट सहित एक जोडीका लागि पाँच हजार रुपैयाँको आकर्षक प्याकेज घोषणा गरिएको हो ।
विशेष प्याकेज अन्तर्गत एक जोडीलाई होटलमा कोठाका साथै बिहानको नास्ता तथा बिहान र बेलुकीको खाना सुविधा उपलब्ध गराइने आचार्यले बताएका छन । एलटिकेले भ्रमण वर्षको अवसर पारेर घोषणा गरेको छुट अफरमा जंगल सफारी, विभिन्न सामाजिक संघ संस्थाहरु सँगको समन्वयमा विभिन्न भाषा भाषी तथा संस्कृति झल्कने कार्यक्रम गरिने आचार्यको भनाइ छ । जोडी बाहेक आउने व्यक्तिहरुका लागि समेत विशेष छुट सहित खाने र बस्ने तथा विभिन्न प्याकेजहरु प्रदान गरिने आचार्यले बताए ।
भरतपुर महानगरपालिका–६ देवनगर, चम्पानगरस्थित एलटिके चितवन भरतपुरको व्यस्त बजारदेखि भित्र एकान्त र शान्त वातावरणमा अवस्थित छ । रिसोर्टमा संघ संस्थाका कार्यक्रम, विवाह, रिसेप्शन पार्टी, जन्मदिनका कार्यक्रम, पारीवारिक जमघट तथा सांगीतिक कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् । उक्त रिसोर्टमा बच्चादेखि वृद्ध उमेर समूहका सबै पाहुनाहरुका लागि फेमली कटेज समेत रहेको छ ।
समूहमा आउने पर्यटकहरुको मनोरञ्जनका लागि विभिन्न समुदायका धर्म र संस्कृति अनुसारका कार्यक्रम गरिने आचार्यका भनाइ छ । रिसोर्टमा २२ वटा सुविधा सम्पन्न डिलक्स रुम छन् । एउटा पार्टी हल रहेको रिसोर्टमा योग र ध्यानका लागि ८० जना क्षमताको छुट्टै हलसमेत रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे