२०८२ बैशाख २७, शनिबार
जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार सोमबार दिउँसो १२ बजेको समयमा शौचालयमा शौच गर्न छिरेका यादवप्रसाद काफ्लेका २५ वर्षीय छोरा युनेश काफ्लेको मृत्यु भएको हो।
बाथरुम छिरेका युनेश निकैबेरसम्म बाहिर ननिस्केपछि परिवारका सदस्यले बाहिरबाट बोलाएका थिए। बोलाउँदासमेत नबोलेपछि ढोका फोडी बेहोस अवस्थामा उद्धार गरिएको थियो। उनलाई तत्काल उपचारका लागि मकवानपुर सहकारी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शौचालय–बाथरुममा रहेको ग्यासगिजर खुल्लै भएकाले युनेश बेहोस भएको आफन्तले बताएका थिए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे