२०८२ बैशाख २६, शुक्रबार
स्वदेशमै उद्यम गर्दै आएका जनशक्तिलाई लक्षित गर्दै कम्पनीले ‘डिजिटल उद्यमी’ तालिम आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक सौगात देवकोटाले बताए ।
डिजिटल उद्यमी तालिम स:शुल्क सञ्चालन हुने तालिम हो जो एक महिनासम्म सञ्चालन हुन्छ । यसमा बढीमा ६० घण्टाको कोर्स उपलब्ध गराइने देवकोटाले बताए । “अहिले स्वदेशमै व्यवसाय गरिरहेका, व्यवसाय गर्न खोजिरहेका, स्टार्टअप गरिरहेका वा स्टार्टअप गर्न खोजिरहेका युवाहरूलाई लक्षित गर्दै यो तालिम आयोजना गर्न लागेका छौं,” देवकोटाले भने, “यसले उनीहरूलाई व्यवसाय डिजिटल माध्यममा विस्तार गर्न टेवा पुर्याउँछ उनले भने”।
तालिममा सहभागी हुनेले सोसल मिडिया मार्केटिङ सिक्न सक्नेछन् । सोसल मिडिया मार्केटिङ भन्नाले सामाजिक सञ्जालमार्फत व्यवसाय प्रवर्द्धन गर्ने काम हो । त्यसका साथै सामाजिक सञ्जालमा कसरी पेज बनाउने, कस्तो पोस्ट राख्ने, कतिबेला पोस्ट गर्ने, ती पोस्ट कसरी व्यवस्थापन गर्ने, पोस्ट कसरी डिजाइन गर्ने, पेजमा कसरी एड रन गर्ने भन्ने विषयमा सिकाइने देवकोटाले सुनाए ।
“तालिममा हामी गुगल एड कसरी सञ्चालन गर्ने, गुगल म्याप्स मार्फत व्यवासय कसरी प्रवर्द्धन गर्ने भन्ने जानकारी दिन्छौं,” उनले भने, “त्यसबाहेक ईमेल पठाउन, बल्क एसएमएस पठाउन, एसएमएस मार्केटिङ, अटो मेसेज क्रियट गर्न, व्यवसायका लागि ह्वाट्सएप भाइबर च्यानल कसरी गर्ने भन्नेबारे सिकाईनेछ।
पछिल्लो समय सामाजिक सञ्जालका अकाउन्ट ह्याक हुने गतिविधि पनि बढ्दै गएका छन् । तालिममा सहभागी हुनेले त्यस्ता घटनाबाट आफू कसरी जोगिने, सामाजिक सञ्जाल कसरी सुरक्षित राख्ने लगायतका साइबर सचेतनाबारे जानकारी पाउने उनको भनाइ छ ।
त्यसका साथै सहभागीले डिजिटल माध्यममा बिल तयार पार्ने, रेकर्ड राख्ने, कारोबार अगाडि बढाउने सकिने विषयमा पनि जान्न पाउनेछन् । उनले अगाडि भने, “समग्रमा भन्नुपर्दा व्यवसायका लागि आवश्यक पर्ने सफ्टवेयर कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा सम्पूर्ण जानकारी दिन्छौं । त्यसबाहेक वेबसाइट व्यवस्थापन तथा एसईओको बारेमा जानकारी उपलब्ध गराईने उनले बताए।
कार्यक्रममा सहभागी हुनेले नेपाली टाइपिङ गर्न सिक्नुका साथै वर्ड, पीपीटी तथा एक्सल सफ्टवेयर समेत प्रयोग गर्न जान्नेछन् । यो चितवनका उद्यमीलाई लक्षित गरी सञ्चालन गर्न लागिएको तालिम हो । यसमा भौतिक रूपमा सहभागी हुनुपर्ने हुन्छ । आयोजकले तालिममा बढीमा ५० जना सहभागी हुने अपेक्षा गरेको छ । इच्छुक व्यक्तिहरू शुक्रवार २ बजे जिल्ला समन्वय समिति चितवन कार्यालय हलमा सहभागी हुन सक्नेछन् । तालिममा सहभागी इच्छुक व्यक्तिले एस.डि टेक कम्पनीलाई सामाजिक सञ्जालका विभिन्न माध्यमबाट वा 9855018046 मा सम्पर्क गरेर थप बुझ्न सक्नेछन् । ७ जनाको समुहमा तीन सिफ्ट (बिहान, दिउसो र बेलुका) मा संचालन हुने तालिमको एक महिने कोर्षको शुल्क १८,५००/- निर्धारण गरिएको सापकोटाले बताए। उद्यमीलाई उक्त तालिम लिईसकेपछि उनीहरूले संचालन गर्दै आईरहेको व्यवसायलाई थप डिजिटल माध्यमबाट बजार प्रर्बद्धन गर्नमा टेवा पुग्ने एस.डि टेक कम्पनी प्रा.लिका कार्यक्रम संयोजक सुशान्त रिमालले बताए।
के हो एस.डि टेक कम्पनी प्रा. लि?
एस.डि टेक कम्पनी प्रालि सन् २०१९ मा स्थापित डिजिटल मार्केटिङ तथा आइडी सेवा प्रदान गर्ने कम्पनी हो । यसको मुख्यालय चितवनको भरतपुरमा रहेको छ । एसडीटेकले विगत दुई वर्षदेखि अवसर एकेडेमीमार्फत विभिन्न किसिमका आईटी तथा डिजिटल मार्केटिङ सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे