२०८२ अषाढ २९, आईतबार
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले चितवनको खैरहनी नगरपालिका–२ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट २६ वर्षीय समिरकुमार कर्णलाई पक्राउ गरेको हो।
उनले सम्पूर्ण तामाङलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने प्रलोभनमा पारेर मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुने भनी पटक–पटक गरी जम्मा ८ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएर ठगी गरेका थिए।
ठगीको उजुरीपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले उनको खोजतलास गर्ने क्रममा काठमाडौं महानगरपालिका–३१ बानेश्चर पानीट्यांकीबाट पक्राउ गरेको छ।
थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे