२०८२ बैशाख २७, शनिबार
विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरुको वास्तविक जन्ममिति थाहा हुने र बालविवाह घटाउन सहयोग पुग्ने वडाध्यक्ष दिनेश सन्ज्यालले बताए । “उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम लागु गरेका छौँ ।” उनले भने,“जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि सिफारिस लिन सकिनेछ ।”
वडाको नियम उल्लङ्घन गरेमा कानुन बमोजिम कारबाही गरिने प्रतिबद्धता वडाध्यक्ष सन्ज्यालले व्यक्त गरे । “कानूनमा ‘बिहेवारी बीसवर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन ।” उनले भने, “त्यसको व्यवहारिक कार्यन्वयनका लागि सिफारिसलाई अनिवार्य बनाएका हौँ,।”
बालविवाह हुननदिन लागि विद्यालयमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको र उमेर नपुग्दै विवाह हुने क्रमलाई रोक्न ज्योतिष र पण्डितलाई पनि बालबालिकासँगै सहभागी बनाएर चेतनामूलक कार्यक्रम आयोजना गर्ने गरेको वडाध्यक्षले बताए ।रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे