२०८२ बैशाख ३०, मंगलबार
50 50 52 32 49 54 52 32 49 55 52 32 50 50 52 32 49 54 52 32 49 55 56 32 50 50 52 32 49 54 53 32 49 51 53 32 50 50 52 32 49 54 52 32 49 53 48 32 50 50 52 32 49 54 53 32 49 50 57 32 51 50 32 52 48 32 50 50 52 32 49 54 52 32 49 54 55 32 50 50 52 32 49 54 52 32 49 57 48 32 50 50 52 32 49 54 52 32 49 54 54 32 50 50 52 32 49 54 52 32 49 57 49 32 50 50 52 32 49 54 52 32 49 53 51 32 52 49 32 52 52 32 51 50 32 50 50 52 32 49 54 53 32 49 54 56 32 50 50 52 32 49 54 53 32 49 54 57 32 51 50 32 50 50 52 32 49 54 52 32 49
रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ ।
उनले दुर्घटनामा ३५ जनाभन्दा बढी घाइते भएका बताए । प्रहरी उपरीक्षक गौतमका अनुसार घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।
सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।-राससको सहयोगमा
त्रिशुली बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु, ३७ जनाको जीवितै उद्धार
कपिलवस्तुबाट काठमाडौँ जाँदै गरेको बस त्रिशुलीमा खस्यो, ४ को जनाको मृत्यु
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे