२०८२ बैशाख ३०, मंगलबार
ट्राफिक प्रहरी भूपाल लामाले चलाउनुभएको बा ७ च ५९६ नम्बरको बोलेरो गाडीको ठक्करबाट बाह्रबिसे नगरपालिका–३ का १३ वर्षीय दोर्जे शेर्पा गम्भीर घाइते हुनुभएको हो ।
बोलेरो चालक मोहन श्रेष्ठसँग ट्राफिक प्रहरी लामाले जबरजस्ती चाबी लिई ग्यास सिलिण्डर बोकेर (पुरानो) इलाका प्रहरी कार्यालय खोर्सानीबारीतर्फ जाँदै गर्दा उक्त दुर्घटना भएको हो ।
बोलेरोको ठक्करबाट बालकको कम्मर, खुट्टा, हात र शरीरका अन्य भागमा चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएको छ । उक्त बोलेरो इलाका प्रहरी कार्यालय बाह्रबिसेले नियन्त्रणमा लिएको छ ।गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे