२०८२ अषाढ २९, आईतबार
उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई सामाजिक सञ्जालमार्फत् खुलापत्र लेख्दै अभिनेत्री केकीले भनेकी छिन्, ‘यही आशा छ, तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा हरेक नेपालीले आ–आफ्नो गृहमा सुरक्षित महशुस गर्न सक्नेछन् ।’
नारी प्रधान चलचित्र ‘बोक्सीको घर’को प्रदर्शन तयारीमा रहेकी केकीले लामिछानेले गृह मन्त्रालय सम्हालेकाले देशमा हरेक महिलाले आफूलाई घर भित्र र बाहिर सुरक्षित पाउने आशा पत्रमा व्यक्त गरेकी छिन् ।
समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्दै सामाजिक–थ्रिलर जनरामा निर्माण भएको ‘बोक्सीको घर’मा मुख्य भूमिका रहेकी अभिनेत्री केकीले लामिछाने गृहमन्त्री बनेपछि कोही पनि अपराधीहरु छुट्ने छैनन् भन्ने पत्रमा लेखेकी छिन् ।
आउँदो १४ वैशाखमा बोक्सीको घरको रिलिज मिति तोकेकी केकीले गृहमन्त्री लामिछानेलाई लेखेको खुलापत्र :
प्रिय रवि दाइ,
तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा फेरि मनले एउटा आशा बोकेको छ।
आशा यो छ कि देशमा सुशासन छाउनेछ ।
कोही पनि अपराधीहरु छुट्ने छैनन् ।
कानुनको दायरामा आउनुपर्नेलाई निसंकोच ल्याइनेछ।
हरेक महिलाले आफूलाई घर भित्र र बाहिर सुरक्षित पाउने छन् ।
अनि, हरेक इमानदार व्यक्ति निर्धक्क निडर आफ्नो कर्तव्यमा लाग्न सक्नेछन् ।
यही आशा छ, तपाईंले गृह मन्त्रालयको जिम्मेवारी लिइरहँदा..
हरेक नेपालीले आ–आफ्नो गृहमा सुरक्षित महशुस गर्न सक्नेछन् ।
सफल कार्यकालको शुभकामना !!
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे