२०८२ बैशाख ३०, मंगलबार
सिधा कुरा डटकम अनलाइनका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुङ्गानालगायत उक्त कार्यमा संलग्न सबैलाई अदालतको अवहेलनामा हदैसम्म सजाय गर्न माग गरिएको छ ।
सामाजिक सञ्जालबाट शृङ्खलाबद्ध रूपमा अपलोड गरी प्रसारित चारसय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउने सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्ट्रिङ्ग अपरेसनसमेतका शीर्षक राखी प्रसारित सामग्री कपोलकल्पित भ्रामक तथा नियोजित भएको दाबी गरिएको छ ।
‘सामाग्रीले नेपालको संविधानको धारा १२८ ( ४ ), न्याय प्रशासन ऐन, २०७३ को दफा १७(१) बमोजिम न्याय सम्पादनको कार्यमा अवरोध सिर्जना गरी अदालतको अवहेलना गरेको तथा स्वतन्त्र न्यायपालिकाप्रतिको जनआस्थामा गम्भीर आँच पुर्याएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ५९ (३) बमोजिम प्रस्तुत प्रतिवेदन पेश गरेको छ,’ निवेदनमा भनिएको छ ।
प्रसारित सामाग्री युट्युबलगायतका सामाजिक सञ्जालबाट तत्काल हटाउन तथा सामाग्री तयार गर्ने तथा प्रसारण गर्ने व्यक्तिलाई अदालतमा झिकाई बयान गराई आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ । मुद्दाको पेशी सोमबारलाई तोकिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे