२०८२ बैशाख २३, मंगलबार
विभागका अनुसार गएको जेठमा श्रम स्वीकृति लिएर विदेश गएकोमा उच्च दक्ष र व्यवसायी भिसामा श्रम स्वीकृति लिएर विदेश जाने ५८४ जना (०.८० प्रतिशत) अर्धदक्ष भएर जाने सात हजार २६ जना (आठ प्रतिशत) र अदक्ष १४ हजार ६३१ जना (२० प्रतिशत) रहेका छन् । गत वर्षको जेठमा श्रम स्वीकृति लिएर गएका ५९ हजार ४९९ गएकोमा उच्च दक्ष र व्यावसायिक १६४ जना (०.२७ प्रतिशत), अर्धदक्ष चार हजार ९७१ (१० प्रतिशत) अदक्ष १२ हजार ४९७ (२७ प्रतिशत) रहेको थियो ।
चालु आव २०८०/८१ को ११ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको सङ्ख्या छ लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि जेठसम्म रोजगारीका लागि छ लाख ८४ हजार ८६१ जनाले लिएका छन् । चालु आवको ११ महिनामध्ये सबैभन्दा धेरै जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम कात्तिक महिनामा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् । गोरखापत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे