२०८२ बैशाख २२, सोमबार
आज कुल ३१५ कम्पनीका चार अर्ब ५७ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज बजार खुलेको एक मिनेटमा नै चार प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो । त्यसपछि पुनः पाँच प्रतिशत बजार बढेर ४० मिनेट बन्द भएको थियो ।
११ बजेर २१ मिनेट जाँदासम्म बजार १०२.६८ अंकले बढेर २१५६.०७ विन्दुसम्म पुगेको थियो । त्यसपछि मध्याह्न १२ बजे खुलेको बजार ओरालो लागेको थियो ।
आज हिमालयन डिष्टिलरीको शेयर मुल्य सबधिक ८.५४ प्रतिशतले बढेको छ भने समाज लघुवित्तको ६.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज उपकार लघु वित्तको सबधिक ५.७४ प्रतिशतले घटेको छ भने नेशनल हाइड्रोको शेयर ५.५१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको १२ करोड ३३ लाख बराबरीको कारोबार भएको छ भने गुडविल फाइनान्सको ११ करोड १० लाख रकम कारोबार भएको छ ।
कांग्रेस-एमालेले नयाँ गठबन्धन बनाउन सहमति गरेसँगै शेयर बजारमा हरियाली आएको बताइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे