२०८२ बैशाख २१, आईतबार
पूर्व नवलपरासीका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले नारायणी नदीमा बगेका शब खोज्न मोटरबोट सहित मंगलवार सेना परिचालन गरिएको जानकारी दिए ।
कावासोतीमा रहेको सेनाको वन तथा पर्यावरण निर्देशनालय अन्तरगतको कमान्डामा चितवन निकुन्ज र यहाको अमलटारीमा रहेको सेनालाई प्राबिधिक जनशक्ति सहित परिचालन गरिएको हो ।
वस्ती नभएको स्थानमा स्थानीयको निगरानी हुननसक्ने भएकाले त्यस्ता क्षेत्रमा सेमत सैनिक टोलि परिचालन गरिएको प्रमुख जिल्ला अधिकारीले सुनाए ।
चितवन तर्फपनि त्यसरी नै सेना खटाइएको छ । यस अघि सेनाले प्रहरीलाई सघाउदै अँएको थियो । सेनाको प्राबिधिक जनशक्ति सहित २ वटा मोटरवोटवाट नारायणीको भेलमा (फिल्डमा) सेना तैनाथ गरिएको हो ।
दुर्घटना भएको ५ दिन बितिसक्दापनि नारायणीको भेलमा लौराको भरमा शब खोज्ने गरेको भन्दै ब्यापक बिरोध भएपछि जिल्ला प्रशासनले पहिलो पटक यो जिल्लामा शब खोज्न सेनको छुट्टै टोलि खटाएको हो ।
यस अघि सेनाले प्रहरीको खोजतलाश टोलिलाई सघाउदै अँएको थियो । सेनाकै कमाण्डमा खोजतलासकालागि नारायणी नदीमा सेना खटिएएको हो । चितवनको सिमलतालवाट बगेका शब नारायणीमा आउने भएकाले खोजतालस प्रभाकारी बनाउन सेना खटाइएको हो ।नारायणीमा बेपत्ता भएका र मृतकका परिवारलाई चितवनमा खाने बस्ने ब्यबस्था गरिएको छ ।
होटल संघ चितवनले मृतकका परिवारलाई खाने बस्ने ब्यबस्था निशुल्क गरेको त्यहाका डिएसपी भेषराज रिजालले जानकारी दिए ।
मोटरवोट र पैदल समेत सैनिक टोलिले काम गर्ने छ प्रजिअ पोखरेलले भने भारतिय समकक्षिसंग पनि शब खोज्न सघाउन आबस्यक समन्वय भैरहेको छ ।
नारायणी हुदै बग्ने बस्तु त्रिवेणी हुदै भारतको बिहार र उत्तर प्रदेश सम्म पुग्ने गर्छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे