२०८२ बैशाख १८, बिहिबार
उद्योग तथा वाणिज्य कार्यालय चितवनका अनुसार जिल्लामा दर्ता हुने उद्योग तथा व्यावसायीक फर्मभन्दा खारेज हुनेको सङ्ख्या बढेको हो । गत आर्थिक वर्षमा यहाँ उद्योगतर्फ ४३९ वटा दर्ता भएका छन् भने व्यावसायीक फर्मतर्फ ४५१ वटा दर्ता भएका छन् ।
कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार उद्योगतर्फ खारेज हुनेमा एक सय ७७ वटा कृषि तथा वनजन्य उद्योग छन् । यस्तै उत्पादनमूलक उद्योग ८३ वटा, पर्यटनमूलक उद्योग ४२ वटा र सेवामूलक उद्योग ७४ वटा बन्द भएको खानालले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा दुई हजार एक सय नौ वटा उद्योगहरु नवीकरण गरिएको छ । वाणिज्यतर्फ दुई हजार छ सय ८९ वटा व्यवसाय नवीकरण भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा हालसम्म १६ हजार तीन ५० उद्योगको अभिलेख रहेको र २० हजार एक हजार ४१ वटा व्यावसायीक फर्म रहेको छन् । रासस
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे