२०८२ बैशाख १९, शुक्रबार
भारतको अरुनान्चल प्रदेशको यात्रु बोकेको एआर ०१ टी ६३७२ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको ग २ ख ११०८ नम्बरको ट्रक एक आपसमा ठोक्किएका हुन् । ट्रकमा सवार २ जना घाईते भई उपचारको लागी भरतपुर तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिनुभयो।
ट्रक चालक जिल्ला धादिङ बेनिघाट रोराङ गा.पा.३ बस्ने बर्ष २८ को राजन क्षेत्रीको दाईने हातमा चोट लागेको र उनको अवस्था मध्यम रहेको छ। सोही ट्रकमा सबार बारा आदर्श देवल गा.पा.५ बस्ने वर्ष ३० को मन्ज रावल बराई घाटीमा चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको र ट्रकमा सवार निजको छोरा वर्ष ६ को आशिष रावल बराई पेटमा भित्रि चोट लागेको छ। घाइते तीनै जनाको अवस्था मध्यम रहेको छ। बसमा सबार यात्रु सबै सकुसल रहेको रिजालले बताउनुभयो। भारतीय बसका चालक हालसम्म फरार रहेकोले उनको खोजी कार्य जारि रहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे