२०८२ अषाढ २९, आईतबार
भरतपुर महानगरपालिका–४ यज्ञपुरीमा आज बिहान करिब ६ः१० बजेको समयमा यात्रुबाहक बस र मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए। बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।
चौबीसकोठीबाट रामपुरतर्फ जाँदै गरेको ना १ क ४१५८ नम्बरको बस र रामपुरबाट चौबीसकोठीतर्फ आउँदै गरेको ना २९ प ६७०० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक भरतपुर–१७ शारदानगर टाउन बस्ने वर्ष २३ को सफल सिके र मोटरसाइकल पछाडि सवार २१ वर्षीय अस्मिता थापा घाइते भएका छन्।
दुवैको अवस्था मध्यम रहेको र चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । बस चालक भरतपुर–२७ पर्साढाप बस्ने वर्ष ४६ को मुक्ती प्रसाद जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे