२०८२ बैशाख २१, आईतबार
वर्षायाम अगावै दाउन्ने क्षेत्रमा काम नसके समस्याहुने अवस्थालाई मध्यनजर गर्दे मर्मतका लागी तीन दिन दिउसो र पहाड काट्नका केही निश्चित समयका लागि सवारी आवागमन बन्द गर्ने निर्णय भएको जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख भगौती यादवले जानकारी दिनुभयो।
बैशाख १ गते बाट १५ गते सम्म राति ११ देखि बिहान ५ बजेसम्म आकस्मिक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। यही चैत्र २७ देखि ३१ गते सम्म खाल्डाखुल्डी पुर्नका लागी दिउसो ११ देखि ३ बजे सम्म सडक बन्द गर्नेनिर्णय भएको यादवले बताउनुभयो।
हिजो पूर्वी र पश्चिम नवलपरासीका जिल्ला समन्वय समिति प्रमुख, सडक क्षेत्रका स्थानीय तहका प्रमुख, सुरक्षा निकाय, ठेकेदार पक्ष बिच आन्के दाके दा सवारी चापका कारण सडक विस्तारको काममा असर परेको निष्कर्ष निकाल्दै सडक बन्द गर्ने निर्णयगरेको हो ।
सडक विाकरताके ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन लिमिटेडले यसअघिनै सडक बन्द नगरी लक्ष्यअनुरूप काम गर्न नसकिने बताउँदै आएको थियो । पश्चिम नवलपरासीको बर्दघाट देखि पूर्वी नवलपरासीको दुम्किबास सम्म १८ किलोमिटर सडक जीर्ण छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे