२०८२ अषाढ २९, आईतबार
यो अवसरले गण्डकी कोटिहोमको सामाजिक र धार्मिक पहलहरूलाई थप प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ। प्रमुख दहालको उपस्थितिले कार्यक्रमको महत्त्व र सम्मानलाई अझ उजागर गर्नेछ।
साथै, गण्डकी कोटिहोममा ४१ दिनसम्म निरन्तर चल्ने महायज्ञले व्यापक ध्यानाकर्षण गरेको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भएको यस महायज्ञमा भक्तजनहरूलाई घ्यू, तील, तेल, देवदार, श्रीखण्डजस्ता सामग्री लिएर सहभागी हुन निम्तो दिइएको छ।
सुश्री अनुराधा पाण्डेय र अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाले कथा प्रवचन शुरू गरिसकेका छन् भने दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतका धर्मगुरुहरूले पनि कथावाचनमा सहभागिता जनाउनेछन्।
महायज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक प्रस्तुतिहरू आयोजना हुनेछन्। आयोजकले सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको व्यवस्था गरेको छ, जसले सांस्कृतिक सहभागिता र रचनात्मक अभिव्यक्तिलाई प्रोत्साहन गर्नेछ। देश–विदेशबाट लाखौं भक्तजनको उपस्थिति अपेक्षित छ।
दैनिक कथा वाचन र सामाजिक कार्यमार्फत गण्डकी कोटिहोममा सामाजिक जागरण र सांस्कृतिक संरक्षणलाई प्रवर्द्धन गर्दै आएकी देवी प्रतिभाको यो धार्मिक र सामाजिक योगदानले समाजमा सकारात्मक प्रभाव छोड्ने विश्वास गरिएको छ। प्रमुख दहालको उपस्थितिसहित यो महायज्ञले गण्डकी कोटिहोमको प्रयासलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे