• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ अषाढ ३०, सोमबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ गैँडाकोट नगरपालिका राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

नारायणगढमा पसलबाट कपडा चोरी गर्ने दुईजना महिला पक्राउ

२०८२ अषाढ २२, आईतबार
२

गैंडाकोटको कृष्ण गण्डकी माविबाट एसइई दिएका २८ विद्यार्थीमा २७ फेल

२०८२ अषाढ १४, शनिबार
३

चितवनको रिजाल फुड्सद्धारा उत्पादित “रङ्गिला” दालमोठ गुणस्तरहीन, बिक्री बितरणमा रोक

२०८२ अषाढ २१, शनिबार
४

संस्थागत विद्यालयतर्फ गैंडाकोट नमुना माविबाट एसइई दिएका विद्यार्थी सबैभन्दा धेरै फेल

२०८२ अषाढ १५, आईतबार
५

एक्सपर्ट एजुकेसन चितवनको शङ्कास्पद धन्दा, नक्कली कागजातमै विद्यार्थी अष्ट्रेलिया

२०८२ अषाढ २३, सोमबार
६

नवलपरासीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

२०८२ अषाढ २१, शनिबार
७

घरायसी झगडापछि चितवनमा श्रीमान श्रीमतीले भिरबाट हामफाले, श्रीमतीको मृत्यु

२०८२ अषाढ ११, बुधबार
८

विजय सामुदायिक शिक्षा सदनका सफल चापागाईँले ल्याए ३.९५ जीपिए

२०८२ अषाढ १४, शनिबार
९

नारायणी पुलबाट हाम फालेकी मगरको जीवितै उद्वार

२०८२ जेष्ठ ३१, शनिबार
१०

असार १५ गते सार्वजनिक बिदा

२०८२ अषाढ १२, बिहिबार
११

चितवन टाइगर रिसोर्टमा सेकुवा पोल्ने क्रममा आगलागी, ५ जना घाइते

२०८२ जेष्ठ ३१, शनिबार
१२

नवलपुरको टाइगर रिर्सोटमा बारबिक्यू गर्दा आगोले जलेकी बालिकाको मृत्यु

२०८२ अषाढ ७, शनिबार

बुलिङटार गाउँपालिकाको तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ सम्पन्न

नवलपुर अनलाइनप्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार

  • १३० पटक पढिएको
  • नवलपुर — बुलिङटार गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न गरेको छ । कार्यक्रममा सरोकारवालाहरुले कालिगण्डकी डाइभर्सन आयोजना र नदीजन्य पदार्थ उत्खनन् प्रति चासो व्यक्त गरेका थिए । उनीहरुको प्रश्नको जवाफ दिंदै गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगरले कालिगण्डकी डाइभर्सन आयोजना सञ्चालन हुँदा कालिगण्डकी सभ्यता र स्थानीय जनजीवनमा प्रतिकूल असर पर्ने भएकाले यसबारे विभिन्न स्थानीय तहसँग छलफल भइसकेको र आफू स्वयं सर्वोच्च अदालतमा भएको छलफलमा समेत सहभागी भइसकेको बताउनुभयो ।

    नदीजन्य पदार्थ उत्खनन्को विषयमा विगतमा सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण उत्खनन रोकिएको र हाल सो सम्बन्धमा रहेको रिट खारेज भएकाले अब कानुनी प्रक्रिया पुरा गरेर उत्खनन कार्य अघि बढाइने जानकारी उहाँले दिनुभयो ।

    उहाँले चालु आवमा योजनाहरूलाई प्राथमिकिकरण गर्दै सिचाइँ, खानेपानी, स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइएको जनाउनुभयो । गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य पनि अब सक्रिय रूपमा अघि बढाइने तयारी रहेको जानकारी समेत अध्यक्ष सुनारीले दिनुभएको थियो ।

    गाउँपालिकाले शुरुवात गरेका कामहरुमा स्थानीय समुदायको समेत सहभागिता हुनसक्दा मात्रै विकास निर्माणको कामले पूर्णता पाउने भन्दै उहाँले सबै पालिकाबासीहरुले समेत साथ र सहयोगको अपेक्षा राख्नुभयो । आर्थिक तथा सामाजिक रुपमा पछाडी पारिएका समुदायहरुको जनजीवन सुधारका लागि गाउँपालिका सदैव अग्रसर रहेको भन्दै उहाँले लक्षित वर्गका लागि विभिन्न कार्यक्रमहरु पालिकाले अगाडी सारेको बताउनुभयो ।

    कार्यक्रममा उपाध्यक्ष दिलमाया राना मगरले सहभागी सबैलाई धन्यवाद दिँदै न्यायिक समिति तथा मेलमिलाप सम्बन्धी काम, सेवाप्रवाह र उपलब्धिबारे जानकारी गराउनुभयो । स्थानीय समुदायहरुमा न्यायीक समितिको काम र क्षेत्राधिकारको बारेमा जानकारी नभएका कारण पनि उल्लेखित रुपमा न्यायीक समितिमा उजुरीहरु आउन नसकेको बताउनुभयो ।

    गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको बजेट, योजना तथा कार्यक्रमको कार्यान्वयन प्रगतिबारे जानकारी दिइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र भुसालले प्रस्तुतिकरण गर्दै चालु आवमा हालसम्म २२२ वटा योजना तथा कार्यक्रम सञ्चालन गरिएको जानकारी गराउनुभयो । उहाँका अनुसार चालु आ.व. २०८१÷८२ को लागि गाउँ सभाबाट स्विकृत चालु तथा पुँजिगत योजनाहरुमा विनियोजन गरिएको कुल रकमको चालु तर्फ रु. १८ करोड ६५ लाख ८७ हजार ४७ रुपैया (५४.०२ प्रतिशत) र पुँजीगत तर्फ रु. ४ करोड एक लाख ५२ हजार ६ सय ८१ रुपैया ( २६.८ प्रतिशत) बजेट खर्च भइसकेको छ । यस अवधिमा आन्तरिक आयसहित विभाज्य कोषबाट आम्दानी संकलन गरिएको तथा सिचाइँ, खानेपानी, स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायतका क्षेत्रमा प्राथमिकताका साथ योजना कार्यान्वयन भइरहेको उहाँले जानकारी दिनुभयो ।

    भुसालका अनुसार स्वास्थ्य सेवा क्षेत्रमा बुलिङटार गाउँपालिका गण्डकी प्रदेशमै प्रथम स्थान हासिल गर्न सफल भएको छ । पालिकाका सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा ९ वटा विद्यालयमा विद्युतीय हाजिरी प्रणाली सञ्चालनमा आएको छ भने राजश्व प्रणाली पनि पूर्ण रूपमा अनलाइन गरिएको छ । डिजिटिल भिलेज निर्माण कार्य सम्पन्न भइसकेको र सबै वडाबाट घुम्ती शिविर सञ्चालन गरिएको जानकारी समेत उहाँले जानकारी दिनुभयो ।

    कार्यक्रममा गाउँपालिकाले पर्याप्त जनशक्ति, स्रोतसाधनको न्यूनता, नदीजन्य पदार्थ व्यवस्थापन सम्बन्धी कानुनको दोहोरोपन, विपद् व्यवस्थापनमा कठिनाइ, अत्याधिक जनअपेक्षा र सीमित स्रोत जस्ता समस्या र चुनौतीको सामना गरिरहेको जानकारी गराउँदै संघीय सरकारसँग स्रोतसाधनको स्वायत्तता, ठूला तथा अन्तरपालिका योजनामा प्राथमिकता, विपद् व्यवस्थापनमा सक्रियता र दक्ष जनशक्तिको सहज उपलब्धताको अपेक्षा राखेको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

  • प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दे युवराज सफलले दिए अख्तियारमा निवेदन

  • शुकदेव शर्मा र उनकी श्रीमती घरमा मृत फेला

  • उद्घाटनको ५ महिना बितिसक्दा गुल्मीको मालिका गाउँपालिका भवन प्रयोगविहीन

  • समाचार
  • १

    काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
    २०८२ अषाढ २९, आईतबार

  • २

    प्रधानमन्त्री ओलीलाई कारबाही गर्न माग गर्दे युवराज सफलले दिए अख्तियारमा निवेदन
    २०८२ अषाढ २९, आईतबार

  • ३

    शुकदेव शर्मा र उनकी श्रीमती घरमा मृत फेला
    २०८२ अषाढ २९, आईतबार

  • ४

    उद्घाटनको ५ महिना बितिसक्दा गुल्मीको मालिका गाउँपालिका भवन प्रयोगविहीन
    २०८२ अषाढ २९, आईतबार

  • ५

    कहाँ पुग्यौ र खै? – कविता
    २०८२ अषाढ २९, आईतबार

  • ६

    दाङ जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना: २९ घाइते, ३ जना गम्भीर (नामावलीसहित)
    २०८२ अषाढ २९, आईतबार

  • ७

    “मुना मदनको सम्बन्ध विच्छेद” – कविता
    २०८२ अषाढ २९, आईतबार

  • ८

    छाउगोठमा सुतेकी कमलाको सर्पले डसेर मृत्यु
    २०८२ अषाढ २९, आईतबार

  • ९

    आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
    २०८२ अषाढ २९, आईतबार

  • १०

    गण्डकी सहितका चार प्रदेशमा भारी बर्षा हुने
    २०८२ अषाढ २९, आईतबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution