२०८२ बैशाख २६, शुक्रबार
द इजरायल टाइम्ससँग कुराकानी गर्दै यस विषयमा जानकारी राख्ने एक अधिकारीले भनेका छन्, ‘युद्धको केही समयपछि नै यी तीनजना बन्दीहरू जीवित रहेको बारे कुनै संकेत प्राप्त भएको छैन ।’
यसमा दुई विदेशी र एक इजरायली नागरिक रहेका छन् । दुईजना विदेशी नागरिकहरूमा नेपालका विपिन जोशी र थाइल्याण्डका पिन्टा नट्टापोङ हुन् । दुवैलाई अहिलेसम्म आधिकारिक रूपमा मृत घोषणा गरिएको छैन । ‘यो अवस्थाबारे उनीहरूका परिवारलाई त्यसबेलादेखि नै जानकारी गराइएको छ,’ ती अधिकारीले भने ।
हमास र अन्य आतङ्ककारी समूहहरूले ५९ जना बन्दीलाई बन्धक बनाएका छन्, जसमा ३५ जनाको मृत्यु पुष्टि भइसकेको छ । यसमा ३२ इजरायली र ३ जना विदेशी नागरिक छन् ।
‘बन्दीहरूका परिवारलाई उनीहरूका प्रियजनहरूको अवस्थाबारे निरन्तर र विस्तृत रूपमा जानकारी दिइन्छ,’ ती अधिकारीले भने, ‘सबै सम्बन्धित जानकारी परिवारहरूलाई गुप्तचर अधिकारीहरूद्वारा सुसूचित गराइन्छ ।’
‘विदेशी बन्दीका परिवारहरूसँग इजरायलमा रहेका सम्बन्धित दूतावासहरूले सम्पर्क राखिरहेका छन्,’ अधिकारीले थपे, ‘इजरायली बन्दीका परिवारहरू जस्तै विदेशी बन्दीका परिवारहरूलाई पनि इजरायलले साथ दिइरहेको छ ।’
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे