२०८२ जेष्ठ ५, सोमबार
गत वर्षको असारमा सिमलतालमा दुई वटा बस पहिरोले बगाएपछि त्यस खालको समस्या नआओस् भन्नका लागि सावधानी अपनाइएको छ ।
कालीखोलालगायतका जोखिमयुक्त ठाउँहरुमा पनि आवश्यकता अनुसार पहिरो रोकथामका काम भएको उनले बताए । उनले भने, ‘यो वर्ष पहिरोले दुःख नदेला भन्ने अपेक्षा गरौँ ।’ पहिरो आइहालेमा तत्काल पन्छाउने गरी व्यवस्थापन गरिएको उनी बताउँछन् ।
कार्यालयले सडकखण्डको सेतीदोभान क्याम्पमा ब्याकुलोडर, ट्रक, स्काभेटर, लोडर, मिनी टिपरसहितका उपकरण राखिएको उनले जानकारी दिए । यसैगरी भरतपुरको कार्यालयमा पनि यस्ता उपकरण तयारी अवस्थामा राखिएको छ ।
दुवै बस अहिलेसम्म भेटिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार बा प्र ०३–००६ ख १५१६ नम्बरको एञ्जल्स डिलक्स बसमा २६ जना यात्रु थिए । तीमध्ये १० जना मृत फेला परेको र अन्य १६ जना अझै बेपत्ता छन् । तीमध्ये सात जना भारतीय यात्रु रहेकोमा दुई जना मृत फेला परेका थिए भने चार जना अझै बेपत्ता छन् ।
त्यस्तै बा प्र ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्समा ३६ जना यात्रु रहेका थिए । तीमध्ये तीन जना जीवित, १० जनाको शव फेला परेको र २३ जना अझै बेपत्ता रहेको उनले जानकारी दिए । तीमध्ये भारतीय चार जना थिए । तीन जना मृत फेला परेका थिए भने एक जना बेपत्ता छन् ।
लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एन्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौरका लागि छुटेको बागमती गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो ।रासस
उक्त समयमा नेपाली गोताखोरले मात्र नसकेपछि विदेशबाट समेत गोताखोर मगाइएको थियो । तर गोताखोरले पनि बेपत्ता यात्रु र बस बस फेला पार्न सकेका थिएनन् । त्रिशूलीमा बाढी आएपछि लामो समय खोजी कार्य गरिएको भए पनि बेपत्ता यात्रु र बस फेला नपरेका हुन् । कतिपय शव त्रिशूली र नारायणीका विभिन्न क्षेत्रबाट फेला परेका थिए । दुई वटा शव भारतमा फेला परेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे