२०८२ जेष्ठ ९, शुक्रबार
आज बिहान करिब १:४५ बजेको समयमा चितवनको खैरहनी नगरपालिका २ ज्यामिरेचोक स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा बस र ईभी कार एक आपसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
उदयपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नं.को. बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नं.को EV कार एक आपसमा ठोक्किँदा कार चालक खैरहनी नगरपालिका ८ बस्ने प्रदिप तिमिल्सिना गम्भीर घाइते भएकोमा उनलाई उपचारको लागि नयाँ मेडीकल कलेज भरतपुरमा पठाईएको थियो।
उनको डाक्टरले चेकजाँच गरि बिहान ३:०५ बजेको समयमा मृत घोषणा गरेको थियो। दुबै सवारी र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे