२०८२ अषाढ २९, आईतबार
असार १३ गते साँझ करिब ५:३० बजे घरमै बसिरहेको अवस्थामा वर्षासँगै आएको चट्याङ्ग लाग्दा युनिका प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गम्भीर घाइते अवस्थामा छोरी युनिकालाई उपचारका लागि मनहरी अस्पताल लगिएको थियो, तर उपचारको क्रममा राति करिब ८:५२ बजे उनको मृत्यु भएको मनहरी अस्पतालले जनाएको छ। चट्याङ्ग लागेर युनिका प्रजाकी आमा, २६/२७ बर्सिया रविना प्रजा पनि घाइते भएकी छन्। उनलाई थप उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ।
मृतकको शव पोस्टमार्टमको लागि पठाइएको र घटनाको थप विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे