२०८२ अषाढ २९, आईतबार
प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले कुलिङ अफ पिरियडमाथि गरिएको फेरबदल छानविन गर्न संसदीय समिति गठन गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको हो ।
करिव तीन घण्टासम्म चलेको छलफलमा सांसदहरुले चलखेलको विषयमा गंभिर छानविन हुनुपर्ने धारणा राख्नु भएको थियो ।
के कारणले त्यस्तो परिवर्तन हुन गयो भनि विधेयक निर्माणमा सहभागी कर्मचारीहरुको समेत धारणा लिइएको थियो । बैठक यस विषयमा थप छानविन गर्न सभामुखलाई आग्रह गर्ने निर्णयमा पु्गेको सभापति रामहरी खतिवडाले बैठकपछि जानकारी गराउनु भयो ।
बैठकमा सभापति खतिवडाले कुलिङ पिरियडमा भएको चलखेलमा आफ्नो संलग्नता पुष्टि भए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको समेत जानकारी गराउनु भयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे