२०८२ अषाढ २९, आईतबार
समुन्द्र सतहदेखि १,६५० मिटर उचाइमा अवस्थित नर्सरीको भौगोलिक बनावट कफी खेतीका लागि उपयुक्त मानिन्छ। कफी प्रायः ८५० मिटरभन्दा माथिको उचाइमा राम्रोसँग फल्ने भएकाले यहाँको वातावरणले उत्कृष्ट उत्पादनको आधार तयार गरेको छ।
सपना भिलेजले नर्सरी स्थापनापछि आवश्यक तयारी पूरा गरी कफी खेतीमा रुचि राख्ने स्थानीय किसानहरूलाई कफीका बिरुवा नि सुल्क वितरण गरेको थियो। यो कदमले किसानहरूमा नयाँ आशा जगाएको छ।
गत वर्षमा संस्थाले कफी खेती, प्रशोधन प्रक्रिया र वातावरणमैत्री कृषि प्रणालीसम्बन्धी विभिन्न तालिमहरू सञ्चालन गरेको थियो।
यस्ता तालिमहरूले किसानहरूको व्यावसायिक ज्ञान, सीप र आत्मविश्वासमा उल्लेखनीय वृद्धि गरेको छ। साथै, पोखराका प्रख्यात कफी फार्महरूमा अवलोकन भ्रमण गराइएपछि किसानहरूले व्यावहारिक अनुभव पनि लिन सकेका छन्।
परियोजनाको मुख्य उद्देश्य भनेको वातावरण संरक्षणसँगै स्वदेश तथा अन्तर्राष्ट्रिय बजारमा कफीको बढ्दो मागलाई सदुपयोग गर्दै कृषकहरूको आम्दानी वृद्धि गर्नु हो। सपना भिलेजले किसानहरूबाट कफी उत्पादन सुरु भएपछि न्यायसङ्गत मूल्यमा खरिद गर्ने प्रतिबद्धता जनाएको छ, जसले भरपर्दो बजार सुनिश्चित गर्ने विश्वास गरिएको छ।
सपना भिलेज संस्थाका अध्यक्ष ध्रुव गिरीलेका अनुसार, “यो कार्यक्रमले स्थानीय समुदायलाई सशक्त बनाउनेछ, वातावरणमैत्री कृषि प्रणाली प्रवर्द्धन गर्नेछ र इच्छा कामना क्षेत्रमा नयाँ आर्थिक अवसरहरू सिर्जना गर्नेछ।”
यस परियोजनाले ग्रामीण क्षेत्रको समुन्नत भविष्य निर्माणतर्फ एक ठोस पाइला चालेको प्रस्ट देखिन्छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे