२०८२ अषाढ २५, बुधबार
मंगलबार बेलुका वर्षासँगै खसेको पहिरोमा परी रामपुर नगरपालिका वडा नं. ५ का ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
लु ५१ प ६६३३ नम्बरको मोटरसाइकमा पाल्पादेखि बुटवलतर्फ जाँदै गर्दा पहिरोमा परी गम्भीर घाइते भएका भण्डारीलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
यस्तै मोटरसाइकलको पछाडि सवार भण्डारीकी श्रीमती २९ वर्षीया कल्पना चापागाई घाइते हुनु भएको छ । उहाँको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।
वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको तानसेन बुटवल सडक खण्ड पहिरो पन्छाएपछि सुचारु भएको छ ।
यसैबीच जिल्ला सुरक्षा समितिको बैठक बसेर विपद्जन्य जोखिम न्यनीकरणका लागि पाल्पाका मुख्य र सहायक राजमार्गका अत्यावश्यक काम बाहेक रातिको समयमा सवारी संचालन गर्न रोक लगाउने निर्णय कार्यान्वयन सुरु गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे