२०८२ जेष्ठ १, बिहिबार
शनिबार पत्रकार सम्मेलन आयोजना गरेर यस आर्थिक बर्षमा नगरपालिकाले उक्त सहयोग प्रदान गर्ने रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानाकारी दिनुभयो ।
रेसुङ्गा बहुमुखी क्याम्पस जिल्लाकै एक शैक्षिक धरोहर भएकाले यसको संरक्षण र आर्थिक संकटलाई समाधान गर्ने नगरपालिकाको पनि दायित्व भएकाले नगरले सहयोग गरेको नगर प्रमुख पन्थीले बताउनुभयो।
यस सहयोगले क्याम्पसको आर्थिक संकट निवारण गर्ने कार्यमा एउटा इटा थप्ने कुरामा विश्वास लिएका उहाँले भन्नुभयो।
आर्थिक संकट व्यहोरिरहेको क्याम्पसले ०७८ चैत महिनादेखि ०७९ असार मसान्तसम्मको तलब भत्तावापत एक करोड ३५ लाख रुपैयाँ दिन बाँकी रहेको छ ।
२०३९ सालमा स्थापना भएको क्याम्पसले विगत ४० वर्षदेखि उच्च शिक्षा प्रदान गर्दै आएको छ ।
हाल क्याम्पसमा ४१ जना प्राध्यापक कर्मचारी रहेका छन् । ७ वटा भवन रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको ६५ रोपनी जग्गा रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे