२०८२ जेष्ठ २, शुक्रबार
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्ने निर्णय गरेपछि ७५ हजार सेना परिचालन हुने भएको छ ।
गृह मन्त्रालयले एकीकृत निर्वाचन सुरक्षा योजना सार्वजनिक गरेपछि अब मुलुकभरका विमानस्थल, कारागार तथा अन्य महत्वपूर्ण संरचनाको सुरक्षामा समेत सेना खटिने भएको छ ।
सरकारले भयरहित रूपमा निर्वाचन सम्पन्न गराउन तीनवटै सुरक्षा निकायलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरेपछि सेनाले मतदान स्थलको बाहिरी सुरक्षा गर्ने भएको छ ।
सरकारले निर्वाचन स्थलको सुरक्षाका लागि भित्री भागमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरीलाई खटाउने भएको छ । नेपाल समाचारपत्रबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे