• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८२ जेष्ठ २, शुक्रबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका निर्वाचन आयोग राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली कांग्रेस आईपीओ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार
३

उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन

२०८१ मंसिर १०, सोमबार
४

निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन

२०८१ मंसिर ७, शुक्रबार
५

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

२०८१ मंसिर ३, सोमबार
६

आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने

२०८१ मंसिर २, आईतबार
७

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरु सिफारिस

२०८१ कार्तिक १२, सोमबार
८

यस्तो छ स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका

२०८१ आश्विन १०, बिहिबार
९

इलाम- २ मा सुहाङ ८ हजार ५५७ मतले अगाडी

२०८१ बैशाख १७, सोमबार
१०

इलाममा तीन स्थानबाट मतगणनाको तयारी

२०८१ बैशाख १७, सोमबार
११

इलाम २ मा एमालेका सुहाङका अग्रता कायमै

२०८१ बैशाख १७, सोमबार
१२

एमाले उम्मेदवारलाई पछि पार्दै बझाङमा कांग्रेसको अग्रता

२०८१ बैशाख १७, सोमबार

धेरै पढिएका

१

न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत भेटिए

२०८२ बैशाख ११, बिहिबार
२

नारायणी नमूना माविका सहायक हेडसर पक्राउ: छात्रालाई ‘ह्यारेसमेन्ट’ गरेको आरोप

२०८२ बैशाख २१, आईतबार
३

टाउको तल र खुट्टामाथि परेको अवस्थामा मृत भेटिए गाउँपालिका कर्मचारी

२०८२ बैशाख ८, सोमबार
४

राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती

२०८२ बैशाख २३, मंगलबार
५

विद्यालयका प्रधानाध्यापक मृत भेटिए

२०८२ बैशाख ७, आईतबार
६

मोटरसाइकलसँग ठोक्किएको गाडी अनियन्त्रित भई इनारमा खस्यो, १२ जनाको मृत्यु

२०८२ बैशाख १६, मंगलबार
७

निजामती कर्मचारीमा अन्तरप्रदेश सरुवा खुला गरिने

२०८२ बैशाख २९, सोमबार
८

इभी माइक्रो दुर्घटना हुँदा दुई बालबालिकासहित १० जना घाइते

२०८२ बैशाख ४, बिहिबार
९

२ लाख घुस सहित नवलपरासी जिल्ला अदालतका कम्प्युटर अपरेटर अख्तियारको नियन्त्रणमा

२०८२ बैशाख २५, बिहिबार
१०

कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु

२०८२ बैशाख २१, आईतबार
११

“हनीट्रयाप” मा पारेर कलंकीबाट ३ लाख बढि लुटपाट, गैंडाकोटका २ युवकसहित ८ जना पक्राउ

२०८२ बैशाख ३०, मंगलबार
१२

आजको लागि सकियो शिक्षक आन्दोलन

२०८२ बैशाख ७, आईतबार

होटल तथा रेष्टुरेन्टले मेनुमा लेखिएको भन्दा बढी शुल्क लिन नपाउने

नवलपुर अनलाइनप्रकाशित मिति: २०७९ आश्विन ११, मंगलबार (२ साल अघि)

Unknown

  • २२३ पटक पढिएको
  • होटल तथा रेष्टुरेन्टहरुले मेनुमा लेखिएको भन्दा बढी शुल्क लिन नपाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । हाल केही होटल तथा रेष्टुरेन्टहरुले सेवाग्राहीसँग मेनुमा उल्लेख भएको मूल्यबाहेक सेवा शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकमा अतिरिक्त रकम लिने गरेकोमा काठमाडौं जिल्ला अदालतले उक्त अतिरिक्त रकम लिन नपाइने फैसला गरेको हो ।
    काठमाडौंको बूढानीलकण्ठमा रहेको ग्रिन भ्याली रिसोर्टले मेनुमा उल्लेख भएको मूल्यभन्दा बढी रकम लिएको विषयमा परेको मुद्दामा जिल्ला अदालतले मेनुमा तोकिएको मूल्यका अतिरिक्त सेवा शुल्कबापत १० प्रतिशत र भ्याटबापत १३ प्रतिशत रकम उपभोक्ताबाट असुल गर्न नपाइने फैसला गरेको हो ।
    हाल मेनुमा तोकिएको मूल्यका अतिरिक्त सेवा शुल्कबापत १० प्रतिशत र भ्याटबापत १३ प्रतिशत रकम गरी उपभोक्ताबाट मेनुमा लेखिएको भन्दा २४.३ प्रतिशत बढी रकम लिने प्रचलन रहेको छ । तर, होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहका अनुसार धेरैजसो होटल तथा रेष्टुरेन्टहरुले सरकारको नियम मानेकै छन् । उपभोक्ताबाट उठाएको भ्याट रकम सरकारलाई तथा सेवाशुल्क कामदार, व्यवस्थापक तथा होटल संघ (हान) बीच बाँडिन्छ ।
    काठमाडौं जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले ५ भदौमा गरेको फैसलामा मेनुको मूल्य तय गर्दा नै सेवा शुल्क र भ्याट जोड्नुपर्नेमा उपभोक्ता संरक्षण ऐन, २०७५ र मूल्य अभिवृद्धि नियमावली, २०५३ विपरीत थप रकम उपभोक्ताबाट असुल गरिनु कानुनले तोकेको शर्त र परिधि नाघी आफूखुसी अनुचित भुक्तानी लिने कार्य भएको ठहर गरेको छ ।
    रिसोर्टलाई प्रतिवादी बनाएर मदन ढुंगानाले दायर गरेको मुद्दामा अदालतले मेनु मूल्य बाहेकको अतिरिक्त रकम फिर्ता गर्र्दै पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको छ । उक्त रिसोर्टले मेनुमा उल्लेख भएको मूल्यभन्दा बढी लिएको रकम तीन हजार ७८ रुपैयाँ ६३ पैसा र वादीलाई पुग्न गएको क्षति र दुख:कष्ट समेतलाई मध्यनजर राखी क्षतिपूर्तिबापत १० हजार रुपैयाँ भराउन अदालतले आदेश गरेको छ ।
    अदालतका अनुसार वस्तु वा सेवाका उत्पादक, बिक्रेता वा वितरकले अवाञ्छित तरिकाले गरेको मूल्य निर्धारण वा वृद्धिलाई रोक्न कानुनी व्यवस्था रहेको भन्दै त्यसलाई पालना गर्नुपर्ने पनि जनाएको छ ।
    ढुंगानाले २०७८ साउन १० गते रिसोर्टले मेनुमा भन्दा बढी रकम मागेपछि रिसोर्टको उक्त गतिविधि उपभोक्ता संरक्षण ऐन, २०७५ र मूल्य अभिवृद्धि नियमावली, २०५३ विपरीत रहेको भन्दै आन्तरिक राजस्व कार्यालय गएका थिए । तर, आन्तरिक राजस्व कार्यालयबाट सुनुवाइ नभएपछि उनी उपभोक्ता संरक्षण ऐनअनुसार रिसोर्टलाई कारबाही गर्न र अब आइन्दा कुनै पनि रेष्टुरेन्ट तथा होटलको मेनुमा सेवा शुल्क र भ्याटबापत अतिरिक्त रकम नलिने मागसहित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग गएका थिए । विभागमा पनि सुनुवाइ नभएपछि उनले २०७८ पुस २२ गते रिसोर्टलाई कारबाही र क्षतिपूर्ति दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।
    अदालतको फैसलासँगै अब होटल तथा रेष्टुरेन्टले सर्भिस चार्ज र मूल्य अभिवृद्धि कर मेनुमा अतिरिक्त जोडेर लिन नपाउने भएका छन् । यदि त्यसो गरेमा उनीहरु कानुनी कारवाहीमा पर्छन् । तर शाह भने अहिले पनि धेरै होटल तथा रेष्टुरेन्टले सर्भिस चार्ज र मूल्य अभिवृद्धि कर जोडेरै मेनुमा छाप्ने गरेको बताउँछन् । कारोबारदैनिकबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • अङ्कुरम् एकेडेमीमा बृहत् आँखा शिविर : ७७४ जनाको आँखा परिक्षण 

  • बिजुली गएपछि मोबाइलको बत्ती बालेर सिंहदरबारमा बैठक

  • हावाहुरीले कावासोतीमा रहेको नवलपुर एफएमको टावर भाँचियो

  • कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि साधु सन्त तथा चर्चित कलाकार आउँदै

  • समाचार
  • १

    अङ्कुरम् एकेडेमीमा बृहत् आँखा शिविर : ७७४ जनाको आँखा परिक्षण 
    २०८२ जेष्ठ २, शुक्रबार

  • २

    बिजुली गएपछि मोबाइलको बत्ती बालेर सिंहदरबारमा बैठक
    २०८२ जेष्ठ २, शुक्रबार

  • ३

    हावाहुरीले कावासोतीमा रहेको नवलपुर एफएमको टावर भाँचियो
    २०८२ जेष्ठ २, शुक्रबार

  • ४

    कोटिहोममा भक्तजनको उपस्थिति बढ्दै, भोलि साधु सन्त तथा चर्चित कलाकार आउँदै
    २०८२ जेष्ठ २, शुक्रबार

  • ५

    हावाहुरीले ढलेको रूखले च्यापिएर पूर्वक्याम्पस प्रमुखको मृत्यु
    २०८२ जेष्ठ २, शुक्रबार

  • ६

    चितवनमा खुर्पा प्रहारबाट घाइते छोरी र भतिजको मृत्यु
    २०८२ जेष्ठ २, शुक्रबार

  • ७

    चितवनमा खुर्पा प्रहार गरी छोरी र भतिजको हत्या
    २०८२ जेष्ठ २, शुक्रबार

  • ८

    सुनवल बन्यो जिल्लामै सबैभन्दा बढि बेरूजु हुने पालिका, सबैभन्दा कम सरावल
    २०८२ जेष्ठ २, शुक्रबार

  • ९

    नारायणी नदीले बगाएर गैँडाकोटका एक पुरुषको मृत्यु
    २०८२ जेष्ठ २, शुक्रबार

  • १०

    लहानबाट काठमाडौँ जाँदै गरेको बस चितवनमा दुर्घटना, १५ जना घाइते
    २०८२ जेष्ठ २, शुक्रबार

  • नवलपुर बिशेष
    १

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन
    २

    कावासोती हसौराको ६२ बिघा जग्गा भूमाफियाको कब्जामा

    कावासोती नगरपालिका
    ३

    गैंडाकोटमा मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाइते

    नवलपुर अनलाईन
    ४

    गैँडाकोट १८ नं वडाले गर्‍यो ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

    गैँडाकोट नगरपालिका
    ५

    नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण अवरुद्ध

    नवलपुर अनलाईन
    ६

    बौदीकालीमा बिद्युत सर्ट भई आगलागी हुँदा लाखौँको धनमाल नष्ट

    नवलपुर अनलाईन
    ७

    छोरीको शव ल्याउन दश महिनादेखि भौँतारिरहेकी कावासोतीकी ७० वर्षीया बृद्ध आमा

    कावासोती नगरपालिका
    ८

    भोलिदेखि गैंडाकोट नगरपालिकाका ३३ सय १६ जना छात्रालाई एचपिभि खोप लगाईँदै

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution